onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सिपिएल क्रीकेट : सन्दिप को टिम को पहिलो जित : उत्कृष्ट लयमा सन्दिप

साउन २७ , अनलाईन खेलखबर || क्यारेबियन प्रिमियर लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा सन्दिप लामिछाने को टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले प्रतियोगिता को पहिलो जित हासिल गरेको छ ।

सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले दिएको २०४ रनको लक्ष्य पछ्याएको डिफेन्डिङ च्याम्पियन ट्रङ्बागो नाइट राईडर्स ले निर्धारित २० ओवर पुरै खेल्दै ८ बिकेट गुमाएर १ सय ६१ रन बनाउन सफल भयो र खेल प्याट्रियट्सले ४२ रनले जित्न सफल भएको छ । ट्रङ्बागो का लागि केभेन कोपर ले सर्बाधिक ४२ रन मा अबिजित रहे साथै ड्र्यान ब्राबो ले ४१ रनको पारी खेले पनि टिम लाई भने जिताउँन सकेनन ।

बलिग तर्फ कार्लोस ब्राथवेट, बेन कटिङ र लुईस ले समान २/२ बिकेट लिदाँ कटरेल र सन्दिप ले १/१ बिकेट लिन सफल भए ।

राइडर्सको दोस्रो विकेट लिने क्रममा सन्दिपले ३.४ ओमरमा अष्ट्रेलियाका क्रिश लेनलाई बोल्ड गरेका हुन्। चौथो ओभरको बलिङ लिएर आएका सन्दिपले १ विकेट लिनुका साथै कुनै पनि रन दिएनन्। यस्तै कुल ३ ओवर गरेका सन्दिप ले १७ रन खर्चिएर १ बिकेट लिएका छ्न जारी प्रतियोगिता मा सन्दिप को प्रंदशन राम्रो हुँदै आएको छ ।

यसअघि आइतबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको सन्दिप को टिम प्याट्रियट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ बनाउदै २०४ रन को लक्ष्य खडा गरेको थियो ।

उसका लागि डेभोन थोमसले सर्वाधिक ५८ रन बनाए। यस्तै १५ बलमा बिस्फोटक पारी खेल्दै ४१ रन बनाएका कार्लोस ब्राथवेटले टिमको ईनिगं उकास्न महत्त्वपूर्ण पारी खेलेका थिए । यस्तै कप्तान क्रिस गेल ले ३० बलको सामना गर्दै १ चौका ३ छ्क्का को मद्दत मा ३५ रनको योगदान गरेका थिए ।

बलिग तर्फ भने ट्रङ्बागो नाइट राइडर्स का लागि अलि खान ले सर्बाधिक ३ तथा सुनिल नारायण ले २ बिकेट लिए यस्तै कोपर र डिजे ब्राबो ले समान १/१ बिकेट लिन सफल भए ।

प्रतिक्रिया दिनुहोस्