onlinekhelkhabar.com

Complete website for Nepali Sports News

विनोद दास क्रिकेट ब्यबस्थापकमा चयन

काठमाडौं (अनलाइन खेल खबर ) । पूर्व नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा प्रशिक्षक विनोद दास क्रिकेट ब्यबस्थापकमा चयन भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले विहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै दासलाई क्रिकेट म्यानेजर(ब्यबस्थापक ) मा नियुक्त गरेको जानकारी गराएको छ ।

यस्तै उक्त विज्ञप्तीमा दाससँगै जनरल म्यानेजरमा रौनक बहादुर मल्ल र चिफ फाइनन्स अफिसरमा रमेश कुमार न्यौपाने र मुख्य प्रशिक्षकमा डेभ ह्वाटमोर नियुक्त गरेको जनाएको छ ।

क्यानले यी सबै पदका लागि भदौमा खुल्ला आवेदन मागेको थियो । जस अन्तर्गत क्रिकेट म्यानेजरतर्फ सुरुमा पाँच जना भएपनि पछि सर्तअनुसार मापदण्ड नपुगेपछि दास मात्र एक्ला उमेदवार रहेका थिए ।

आवेदनका क्रममा क्यानले क्रिकेट ब्यबस्थापकको हकमा कम्तिमा इंग्ल्यान्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाबाट लेभल टु कोचिङ गरेको हुनु पर्ने, म्यानेजमेन्टमा वा प्रसाशनमा मास्टर डिग्री गरेको हुनुपर्ने,कम्तिमा २ वर्षको नेतृत्वदायी भूमिकामा रहेर काम गरेको हुनुपर्ने र ५५ वर्ष मुनिको नेपाली हुनु पर्ने मापदण्ड तय गरेको थियो ।