Thu. Feb 22nd, 2024

साउन २२ , अनलाईन खेल खबर || एभरेस्ट प्रिमियर लिग ( एपिएल ) को एक टिम काठमाडौ किग्स एलाभेन को आयोजना मा यहि भदौ २ गते का दिन राजधानि मा हुन लागेको ईन्डोर फ्यान क्रीकेट कप प्रतियोगिता का लागि नेपाली क्रीकेट समर्थक समाज ( एनसिएसएस ) ले मङ्गलबार आज प्रतियोगिता मा सहभागी जनाउने खेलाडी तथा अफिसियल को नाम सार्बजनिक गरेको छ ।

( फाईल फोटो )

एनसिएसएस का अध्यक्ष भानु सिग्देल का अनुसार करिव १ सय ४८ जना को प्रतिस्पर्धि बाट अन्तिम ११ को छ्नोट गरिएको हो । सम्भवत यस्तो प्रतियोगिता नेपाल मा पहिलोपटक हुन लाग्दै गर्दा नेपालि फ्यान हरु को एउटा लोकप्रिय संस्था नेपाली क्रीकेट समर्थक समाज आफै मा उत्साहित भएको अध्यक्ष सिग्देल ले अनलाईन खेल खबर सगँ सम्क्षिप्त कुराकानी का क्रम मा जानकारि गराए ।

( अध्यक्ष : भानु सिग्देल )

आज सार्बजनिक गरिएको नामावली अनुसार मिलन श्रेष्ठ ले एनसिएसएस को कप्तानी गर्नेछ्न । यस्तै बिराज घिमिरे लाई उप -कप्तान को जिम्मा दिईएको छ । यस्तै बिमल पौडेल , बिज्ञान वस्याल , सुशील कुनवार , मिचेल जगँ पान्डेय , मदन मगर , आशिप गौरे , रुपेश पराजुली ,सिर्जन सोमपाल दुलाल र अन्जित मान सिँह टिम भित्र रहेका छ्न ।

साथै अफिसियल मा टिम ब्यवस्थापक बिनोद नेपाल , सहायक टिम ब्यबस्थापक जोशी सरकार , फिजियो राहुल बाबू खपाङिँ , भिडियो तथा टेक्स विश्लेषक भिम पौडेल , बलिग प्रशिक्षक अनुप घिमिरे , ब्याटिङ प्रशिक्षक सन्देश निरौला र फिन्डिङ प्रशिक्षक नवीन चापागाईं लाई जिम्मेवारी दिएको छ ।

यता बुधबार देखि नै प्रतियोगिता को तयारी मा जुट्ने एनसिएसएस ले जानकारि गराएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *