onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विश्व विजेता अष्ट्रेलियन प्रशिक्षक डेभ ह्वाटमोर नेपालको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं (अनलाइन खेल खबर ) । सन् सन् १९९६ मा श्रीलंकाले पहिलो पटक एकदिवसीय विश्वकपको उपाधि उचाल्दै गर्दा टिमका प्रशिक्षकका रुपमा रहेका यिनै डेभ ह्वाटमोरले अब नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्हाने भएका छन् ।

फोटो – सामाजिक संजाल

नेपाल क्रिकेट संघ (क्यान )ले डेभ ह्वाटमोरलाई
खुल्ला प्रतिस्पर्धामार्फत बिहीबार नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

सन् १९५४ मा श्रीलंकामा जन्मिएका ह्वाटमोरले क्रिकेटिङ करियर भने अष्ट्रेलियाबाट सुरुवात गरेका थिए । त्यस क्रममा उनले अष्ट्रेलियाबाट ७ टेस्ट समेत खेलेका थिए ।

त्यसपछि उनले प्रशिक्षकमा हात हाले । विश्व क्रिकेटमा आफ्नो प्रशिक्षण शैलीबाट चर्चा बटुलेका उनले सुरुमा श्रीलंकालाई प्रशिक्षण गराए । जसमा श्रीलंकाले विश्वकपसहित क्रिकेटमा ठूलो सफलता हात पार्यो ।

श्रीलंकापछि उनले बंगलादेश टोलीलाई पनि सम्हाले सन् २००३ देखि २००७ सम्म बंगलादेश टोलीको मुख्री प्रशिक्षक रहेका उनले त्यस क्रममा बंगलादेशलाई पनि राम्रो स्थितिमा पुर्याए । त्यस क्रममा बंगलादेशले भारत , दक्षिण अफ्रिकाजस्ता टिमलाई हराएको थियो ।

श्रीलंका र बंगलादेशपछि उनले इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत कोलकता नाइट राइडर्ससँग पनि आबद्ध रहे । सन् २०१० र २०११ को सिजनमा उनि कोलकताको प्रशिक्षक रहेका थिए ।

त्यसपछि उनि पाकिस्तान र जिम्बावे टिमको मुख्य प्रशिक्षक भएर काम गरे । उनले जिम्बावे टोलीलाई करिब दुई वर्ष जति हेरे । सन् २०१६ देखि २०१६ सम्म जिम्बाबे टोलीमा रहेका ह्वाटमोर नेपालसँग जोडिनु अघि सिंगापुर टोलीलाई प्रशिक्षण गराएका थिए ।

ह्वाटमोर नेपालको मुख्य प्रशिक्षकमा चयन भएसँगै नेपालले अहिलेसम्मकै उच्च श्रेणीको प्रशिक्षक पाएको छ ।

यो सँगै नेपाली क्रिकेट टोलीले झण्डै एकवर्ष विदेशी प्रशिक्षक प्राप्त गरेको छ । गत माघमा आइसीसी विश्वकप लिग -२ अन्तर्गत नेपालमा भएको ओमान र अमेरिकासँगको एक दिवसिय त्रिकोणात्मक सिरिजसँगै तत्कालीन भारतीय प्रशिक्षक उमेश पटवालले राजिनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्