स्पष्ट भूमिकाको पर्खाइमा दाङ क्रिकेट संघ

स्पष्ट भूमिकाको पर्खाइमा दाङ क्रिकेट संघ

दाङ ( अनलाइन खेल खबर ) – दाङको लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुन् गईरहेको महिला प्रधानमन्त्री कपको मिति नजिकिदै गर्दा अहिले यस क्षेत्रको माहोल क्रमश : तात्दै गएको पाईन्छ ।

तर प्रतियोगिताको मिति नजिकदै गर्दा यसबीच रहेका आन्तरिक भूमिकालाई लिएर प्रश्न उठन् थालेको छ । दाङ जिल्लाको प्रतिष्ठासँग समेत जोडिएर हेरिएको प्रतियोगितामा जिल्ला क्रिकेट संघ दाङलाई भने हालसम्म स्पष्ट जिम्वेवारी महसुश नगराईदा संघका अध्यक्ष प्रदिप मजगैया स्वयम् अचम्मित परेका छन् ।

केन्द्र ,प्रदेश र जिल्ला संरचनामा रहेको नेपाल क्रिकेट संघ (क्यान ) ले प्रतियोगितालाई लिएर काम गर्ने सवालमा समन्वयकारी भूमिका नदेखिएको पाईएको छ ।

अनलाइन खेल खबरसँग कुराकानी गर्ने क्रममा अध्यक्ष मजगैयाले प्रतियोगिता आयोजना गर्ने तयारी गर्दै गर्दा सुरुमा समन्यव जिल्ला संघसँग गरिनु पर्ने थियो । आयोजक जिल्लालेनै यहाँको स्थानीय स्तरको काम गर्ने र त्यसको अनुगमनको काम केन्द्र या प्रदेशले गरिनु पर्ने थियो तर यहाँ निर जिल्लाले गर्ने भूमिका, अधिकारलाई नजर अन्दाज गरिएको उनले ठम्माई रहेको छ ।

“यदी जिल्लासँग समन्यव गरेको भए बजेटमा पनि त्यति समस्या नहुने उनको भनाई रहेको छ। त्यसका लागि जिल्ला संघले स्थानिय तहहरुसँग समन्वय गरेर बजेट व्यस्थापन गर्दै अहिले भईरहेको कामलाई अझ चाडै गरेर प्रतियोगितालाई अझ सफल गर्ने सकिथ्यो “उनि बताउँछन् ।

तर पनि आफ्नो जिल्लामा यस किसिमको प्रतियोगिता हुँदै गर्दा संघको तर्फबाट भने सक्दो सहयोग रहनेमा ढुक्क हुन् आग्रह गर्छन् ।

प्रतियोगिता पुस ११ गते तय भएको भएपनि पछिल्लो अवस्थासम्म आईपुग्दा प्रतियोगिता केहि पर जान सक्ने सम्भावना बढेर गएको छ । यता प्रतियोगितालाई लिएर आन्तरिक तयारी भने भईरहेको पाईन्छ त्यस क्रममा लमहीमा रहेको क्रिकेट मैदान मर्मत सम्भारको काम पनि भईरहेको छ ।

त्यसका लागि नेपाल क्रिकेट संघ ( क्यान ) ले एक जना क्युरेटर पठाएको छ । र उनकै नेतृत्वमा अहिले मैदानलाई खेल्न योग्य बनाउनका लागि कामहरु निरन्तर सुचारु भईरहेका छन् । प्रतियोगिताका लागि ३ वटा विकेट तयार हुदैँछ । भने आउट फिल्डमा माटो हाल्ने देखि अन्य मर्मत सम्भारका काम पनि हुने क्रममा छ ।

क्युरेटर विशन मण्डलका अनुसार अबको एक सातापछि पिचको काम सकिने छ । उनका अनुसार यसपटक मैदानलाई लिएर आफूहरुले ठूलो मेहनत गरेको हुँदा त्यसको प्रतिफल पनि राम्रो हुने उनको कथन रहेको छ ।

प्रतियोगिताको तयारी तथा मर्मत सम्भारका लागी लुम्बिनी प्रादेशिक संघले स्थानीय देउखुरी क्रिकेट क्लबलाई जिम्मेवारी दिएको छ । र अहिले मैदानलाई यसअघि पनि रेख देख गर्दै आएको क्लबले आफ्नो जिम्बेवारी पनि निर्वाह गरिरहेको पाईन्छ ।

तर एउटा प्रतियोगिता राम्रोसँग सफल बनाउँनका लागि सम्बन्धित सबैलाई समेटेर अगाडी बढनु पर्ने हुन्छ । यसरी समन्वयको कमि देखिँदा त्यसले राम्रो संदेश नदिने र त्यसका लागि सबै सम्बधितसँग हातेमालो गर्दै अगाडी बढ्नु पर्ने स्थानिय सरोकारवाला र क्रिकेट प्रेमीको धारणा रहेको छ ।

प्रतियोगिता सुरु हुन् अझै केहि दिन बाँकीनै छ। समय छ । अब नेपाल क्रिकेट संघले आफ्नो सबै निकायलाई क्रियाशील बनाउँदै अघि बढ्दै , कसरी हुन्छ भब्य र सभ्य क्रिकेट प्रतियोगिता आयोजना गर्नतर्फ केन्द्रित हुन् जरुरी छ ।

पूरा कुराकानी भिडियोमा