onlinekhelkhabar.com

Complete website for Nepali Sports News

गण्डकी प्रादेशिक छ्नोटको खेल तालिका सार्वजनिक

काठमाडौं (अनलाइन खेल खबर ) । पुस ११ गते देखि काठमाडौंमा हुन् गईरहेको पुरुष प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि गण्डकी प्रदेशको खेलाडी छ्नोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

फाइल फोटो ।

मंगलबार गण्डकी प्रादेशिक क्रिकेट संघले सार्वजनिक गरेको खेल तालिका अनुसार ६ खेल हुनेछन् । जसमा स्याङ्जा , कास्की , तनहुँ र नवलपुर प्रतिस्पर्धा गर्नेछन् ।

खेल तालिका अनुसार छ्नोटको पहिलो खेलमा पुस ३ गते स्याङ्जाले कास्कीको सामना गर्नेछ । भने ४ गते तनहुँले स्याङ्जाको सामना गर्दा ५ गते नवलपुर र तनहुँबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै ६ गते स्याङ्जाले नवलपुरको सामना गर्दा ७ गते कास्की र तनहुँ आमने सामने हुनेछन् भने ८ गते नवलपुरले कास्कीको सामना गर्नेछ ।

यसरी खेलाडीको प्रदर्शनको आधारमा प्रादेशिक टोलीको घोषणा हुनेछ । सबै खेल पोखरा रंगशाला क्रिकेट मैदानमा हुनेछ ।