onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सन्दीप अष्ट्रेलिया प्रस्थान

काठमाडौं (अनलाइन खेल खबर ) । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको उच्च लिग बिग बास लिग (बीबीएल) खेल्नका लागि आज मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

सन्दीप कतार एयरवेजमार्फत अष्ट्रेलिया जाँदैछन् । उनि अष्ट्रेलिया पुगेपछि करिब दुई हप्ता क्वारेन्टाइनमा बस्ने छन् । त्यसपछि मात्र उनि उनको टिम होबार्ट हरिकेन्समा जोडिने छन् ।

यसअघिका दुई संस्करणमा सन्दीप मेलबर्न स्टार्सबाट खेलेका थिए । जसमा उनको प्रदर्शन पनि राम्रो हुन् पुगेको थियो ।जस अन्तर्गत २० खेलबाट उनले २६ विकेट पनि लिन सफल भएका थिए ।

आफ्नो तेस्रो संस्करणमा होबार्ट पुगेका सन्दीप नयाँ टोली र नयाँ संस्करणका लागि उत्तिकै उत्साहित देखिएका छन् । बीबीएलको नयाँ सिजन भने डिसेम्बर १० बाट सुरु भईसकेको छ ।

जसमा सन्दीपको टोली होबार्टले आफ्नो सुरुवाती दुई खेलमा जित हासिल गरिसकेको छ ।