onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

गण्डकी प्रादेशिक छ्नोटका लागि कास्कीको टिम घोषणा

काठमाडौं (अनलाइन खेल खबर ) । पुस ११ गते देखि काठमाडौंमा हुन् गईरहेको पुरुष प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रादेशिक छ्नोटका लागि कास्कीले आफ्नो टिमको घोषणा गरेको छ ।

जसअन्तर्गत १४ सदस्यीय टोलीको नेतृत्व विपिन खत्रीले गर्नेछन् । टोलीमा दिपेश खत्री,अभिषेक थापा,साहिल कार्की, अरुण अधिकारी,सुदिप पौडेल,अर्जुन कुमाल,कृष्ण पौडेल,अमृत गुरुङ,विश्व कार्की, रमेश बस्नेत ,सुवास भण्डारी,नितेश गिरी र देव साह रहेका छन् ।

यस्तै वैकल्पिक खेलाडीमा विकास क्षेत्री र तेजेन्द्र घर्तीमगर रहदाँ टिमलाई प्रशिक्षण रिजन प्रजुले गराउने कास्की क्रिकेट संघले जानकारी गराएको छ ।

अब यहि टोलीले पुस ३ गते देखि सुरु हुन् गईरहेको गण्डकी प्रादेशिक छ्नोटमा सहभागिता जनाउने छ ।

प्रतिक्रिया दिनुहोस्