onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अभिषेक उत्कृष्ट ब्याट्सम्यान तथा उदायमान खेलाडी घोषित

काठमाडौं (अनलाइन खेल खबर ) । पुस ११ गते देखि काठमाडौंमा हुन् गईरहेको पुरुष प्रधानमन्त्री कप अन्तर्गत कास्की जिल्ला छ्नोट प्रतियोगितामा १७ वर्षिय युवा खेलाडी अभिषेक थापा उत्कृष्ट ब्याट्सम्यान तथा उदायमान खेलाडी घोषित भएका छन् ।

उत्कृष्ट ब्याट्सम्यान तथा उदायमान खेलाडी घोषित हुने क्रममा उनले मात्र ३ खेलमा १ शतक र एक अर्धशतकसहित कुल २ सय ११ रन बनाएका थिए ।

छ्नोटमा माछापुच्छ्रे क्रिकेट क्लबलाई फाइनलसम्म पुर्याउनमा उनको ठूलो भूमिका रहयो । समूहमा निकै राम्रो प्रदर्शन गरेको माछापुच्छ्रे फाइनलमा भने निराश हुन् पुग्यो ।

पोखरा क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा साग्रीला क्रिकेट क्लब छ्नोट प्रतियोगिताको च्याम्पियन बन्यो । साग्रीलाले उपाधि उचाल्ने क्रममा माछापुच्छ्रेलाई २८ रनले पराजित गरेको थियो ।

खेलमा साग्रीलाले टस जितेर सुरुमा ब्याटिङ गर्दै ३५.१ ओभर आफ्नो सबै विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

साग्रीलाका लागि सुदिप पौडेलले सर्वाधिक ३९ रन तथा अरुण अधिकारीले ३२ रन बनाएका थिए ।

बलिङतर्फ माछापुच्छ्रेका कप्तान दिपेश खत्री एक्लैले ५ विकेट हात पारेका थिए भने अम्रित गुरुङले ३ तथा कृष्ण पौडेल र तेजेन्द्र घर्ती मगरले समान १/१ विकेट लिएका थिए ।

त्यसपछि साग्रीलाले प्रस्तुत गरेको १ सय ५० रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको माछापुच्छ्रे ३१.१ ओभरमा अलआउट हुँदै १ सय २१ रनमा सिमित हुन् पुगेको थियो ।

माछापुच्छ्रेका लागि कप्तान दिपेश खत्री र रितिक थापा मगरले समान २१ /२१ रन बनाउँदा अम्रित गुरुङले १९ रन र अभिषेक थापाले ७ रन बनाएका थिए ।

बलिङतर्फ साग्रीलाका बिपिन खत्रीले ४ तथा विकाश खत्रीले ३ विकेट हात पार्दा सुदिप पौडेलले २ र निराजनले १ विकेट लिएका थिए ।

यता प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी साग्रीलाका विपिन खत्री घोषित हुँदा उत्कृष्ट बलर माछापुच्छ्रेका अम्रित गुरुङ भएका थिए ।

अब कास्की क्रिकेट संघले गण्डकी प्रदेशको प्रादेशिक छ्नोट प्रतियोगिताका लागि यहि प्रतियोगितालाई आधार मानेर आफ्नो टोलीको घोषणा गर्नेछ ।

यो पनि

छनोटमा एकपछि अर्को राम्रो प्रदर्शन : कलिलो उमेरमा संघर्षले निखारिएका अभिषेक थापा

प्रतिक्रिया दिनुहोस्