महिला विश्वकप छ्नोटको मिति तय

महिला विश्वकप छ्नोटको मिति तय

एजेन्सी – सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने आईसीसी महिला टि- ट्वान्टी विश्वकप छ्नोटको मिति तय भएको छ ।

शनिबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी ) विश्वकप अन्तर्गतका छ्नोट खेलहरुको मिति सार्वजनिक गरेको छ ।

सार्वजनिक भए अनुसार छ्नोटमा नेपालले सुरुमा एसिया छ्नोट प्रतियोगिता खेल्नेछ । जून अर्को वर्ष सेप्टेम्बर २० देखि २६ सम्म मलेसिया हुनेछ ।

जसमा आयोजक मलेसियासहित नेपाल , भुटान , चीन , हङकङ , कुवेत ,म्यानमार र युएईले सहभागिता जनाउने छन् ।

जसबाट शीर्ष दुई टोली विश्वकप छ्नोटको अन्तिम छ्नोट प्रतियोगिताका लागि छानिने छन् ।

विश्वकप क्षेत्रीय छ्नोटका लागि कुल ३७ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा भुटान , वोत्सवाना , क्यामरुन , फ्रान्स , मालवी , म्यानमार , फिलिपिन्स र ट्रकी पहिलो पटक सहभागी हुँदैछन् ।

विश्वकप छ्नोटको अन्तिम चरणको खेल सन् २०२२ मा हुनेछ । जसमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । त्यसबाट शीर्ष दुई टिम विश्वकपका लागि छानिने छन् र विश्वकपमा कुल १० टिमले भाग लिनेछन् ।