onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मेहबुब आलम चम्किँदा सप्तरीको विजयी सुरुवात

काठमाडौं (अनलाइन खेल खबर ) । पुस ११ गते देखि काठमाडौंमा हुन् गईरहेको पुरुष प्रधानमन्त्री कपको प्रादेशिक छ्नोटमा सप्तरीले विजयी सुरुवात गरेको छ ।

प्रदेश २ को छ्नोटमा विजयी सुरुवात गर्ने क्रममा सप्तरीले सिरहालाई शनिबार ७ विकेटले पराजित गरेको छ ।

खेलमा सिरहाले प्रस्तुत गरेको १ सय ८० रनको विजयी लक्ष्यलाई सप्तरीले २७ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।

सप्तरीको जितमा नेपाली क्रिकेटका चर्चित खेलाडी महवुव आलमले सर्वाधिक ठूलो पारी खेलेका थिए । अविजित रहेका उनले ३४ बलको सामना गर्दै ८ चौक्का र ३ छक्काको मद्धतमा ५९ रन बनाए ।

यस्तै टिमको जितमा आशिस झा ५८ रन, रोहन बिकले ३३ तथा राहुल मण्डलले अविजित रहदै १५ रनको योगदान दिए ।
बलिङतर्फ सिरहाका प्रदिप पासवानले २ तथा दिलिप यादवले १ बिकेट लिएका थिए ।

त्यसअघि बाह्रबिघा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सिरहाले ३५ .५ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

सिरहाका लागि शुभमान गतराजले सर्वाधिक ४९ रन बनाए भने प्रदिप पासवानले ३७ तथा राकेश कामेतले ३० रन र रुपेश सिंहले २० रनको योगदान गरेका थिए ।

बलिङतर्फ सप्तरीका लागि अजय यादवले सर्वाधिक ३ विकेट हात पार्दा रोहित सिंह, महवुव आलम र अनुज यादवले समान २/२ विकेट लिएका थिए । यस्तै रोबिन सिंहले पनि १ विकेट हात पारे ।

यता खेलको प्लेयर अफ द म्याच मेहबुब आलम घोषित भएका थिए । अब छ्नोट प्रतियोगिता अन्तर्गत आईतबार सप्तरी र महोत्तरीबीच प्रतिस्पर्दा हुनेछ ।

प्रादेशिक छ्नोटका लागि कुल ८ टिमको सहभागिता रहेको छ । जसमा दुई समूह विभाजन गरिएको छ । जस अन्तर्गत समूह `ए ´ मा धनुषा,महोत्तरी,सिराहा र सप्तरी रहदा समूह `बी´मा सर्लाही,पर्सा,बारा र रौतहट रहेका छन् ।

यसरी समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । समूह ए मा महोत्तरी लगातार दुई खेलमा जित हासिल गर्दै ४ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । भने २ अंकका साथ सप्तरी दोस्रो स्थानमा रहेको छ ।

प्रतियोगिताको सेमिफाइनल खेल पुस ४ र ५ गते हुनेछ भने फाइनल ६ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्