onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पारसलाई कोरोना सक्रमण

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य पारस खड्का कोरोना सक्रमित हुन् पुगेका छन् ।

शुक्रबार उनले आफ्नो सामाजिक संजालमार्फत आफू कोरोना सक्रमित भएको बताएका छन् । दुई दिनअघि केहि लक्षण देखा परेपछि पारस होम आइसोलेसनमा बसेका थिए ।
त्यसपछि कोरोना भाइरसको जाँच गर्दा उनको परिक्षण पोजेटिभ आएको हो ।
यसअघि क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल , उप- कप्तान दीपेन्द्र सिंह एरी , रोहित पौडेल र बसन्त रेग्मीलाई पनि कोरोना देखिएको थियो । र अहिले बसन्त बाहेक अन्य सबै निको भई मैदान फर्किसकेका छन् ।

यता पारस शनिबारबाट चितवनमा हुन् गईरहेको गौतम बुद्ध कप खेल्ने तयारीमा समेत रहेका थिए । भाइरसका कारण अनुपस्थित हुने भएपछि पारसले प्रतियोगितालाई शुभकामना दिदै आफू उपस्थित हुन् नपाउँदा दुख लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्