भारत , अफगानिस्तान सहित को एकदिवसीय शृंखला खेल्न नेपाली युवा टोलि लाई आमन्त्रण
साउन २१ , अनलाईन खेलखबर || भारतिय क्रीकेट बोर्ड ( बिसिसिआई ) ले नेपाली यू–१९ क्रिकेट टोली लाई भारत मा खेल्न आमन्त्रण गरेको छ । भारतको चर्चित कोलकाता स्थित इडेन गार्डेन्स क्रीकेट मैदानमा खेल्ने हरु हुनेछ्न ।।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजना मा हुन लागेको एकदिवसीय प्रतियोगिता मा नेपाल सहित भारत र अफगानिस्तान को यू–१९ टोलीले खेल्नेछ्न साथ मा बिसिसिआई को एकेडेमीक टोलि नेसनल क्रिकेट एकेडेमी (एनसीए) यू–१९ टोली लाई पनि प्रतियोगिता मा समाबेश गरि खेल कुल ४ टिम बनाएर खेल खेलाईने बिसिसिआई ले जानकारि गराएको छ ।
प्रतियोगिता मा नेपालले सेप्टेम्बर १२ मा एनसीए यू–१९ विरुद्ध पहिलो खेल खेल्नेछ भने भारतको यू–१९ सँग सेप्टेम्बर १४ मा इडेन गार्डेन्समा खेल्नेछ । नेपाली यू–१९ टोलीले भने अफगानिस्तान यू–१९ र एनसीए यू–१९ सँगको खेल जादवपुर युनिभर्सिटी (जेयू) क्याम्पस मैदानमा खेल्नेछ ।
यो प्रतियोगिता भारतको यू–१९ र अफगानिस्तानको यू–१९ टोलीले यसलाई विश्वकपको तयारीका रूपमा हेरेको छ । भने नेपाल का लागि अनुभवी बनाउने राम्रो अबसर का रुपमा हेरिएको छ ।
मलेसियामा भएको पछिल्लो एसिया कपमा नेपाली यू–१९ क्रीकेट टोलि ले भारतको यू–१९ टोलीमाथि सनसनि पुर्ण १९ रनको ऐतिहासिक जित हात पारे पछि नेपालि युवा टोलि को चर्चा बिश्वभर भएको थियो । जुन हाल सम्म भारतसँग कुनै पनि प्रतिस्पर्धामा नेपालको त्यही एक मात्र जित हो । जसले गर्दा नेपाली युवा टोलि देखि हाल भारत प्रभावित हुँदै आएको छ । जसले गर्दा यो अबसर नेपाल ले प्राप्त गरेको हो ।
चार टोली सम्मिलित एकदिवसीय शृंखला
• सेप्टेम्बर १२
भारत यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, इडेन गार्डेन्स
एनसीए यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू
• सेप्टेम्बर १४
भारत यू–१९ विरुद्ध नेपाल यू–१९, इडेन गार्डेन्स
एनसीए यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, जेयू
• सेप्टेम्बर १६
भारत यू–१९ विरुद्ध एनसीए यू–१९, इडेन गार्डेन्स
अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू
• सेप्टेम्बर १८
टिम १ विरुद्ध टिम २
टिम ३ विरुद्ध टिम ४
• सेप्टेम्बर १९
वैकल्पिक दिन