onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

छनोटमा एकपछि अर्को राम्रो प्रदर्शन : कलिलो उमेरमा संघर्षले निखारिएका अभिषेक थापा

सलमान शाह (अनलाइन खेल खबर ) । यहीँ पुस ११ गतेबाट काठमाडौंस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालको प्रतिष्ठित एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप हुँदैछ ।

प्रतियोगिताको मिति नजिकिदै गर्दा अहिले विभिन्न ठाउँमा विभिन्न किसिमले छ्नोट खेलहरु भईरहेका छन् । क्रिकेटको ठूलो प्रतियोगिता त्यसमाथि कोरोना भाइरस( कोभिड-१९ ) का कारण लामो समय रोकिएर सुरु हुन् गईरहेको क्रिकेट भएर पनि हुन् सक्छ । यसपटक प्रतियोगितालाई लिएर अझ छुट्टै किसिमको माहोल देख्न पाईन्छ ।

सोही प्रधानमन्त्री कपको प्रादेशिक छनोटका लागि धेरै जस्तो जिल्लाहरुले खेलाडी छ्नोट गरिसकेका छन् । भने अब केहि बाँकी रहेका छन् । जुन अन्तिम- अन्तिम चरणमा पुगेको छ । यसै बीचमा पोखराबाट एक खेलाडीले सबैलाई आफूतिर ध्यानाकर्षण गराएका छन् । हाल कास्की जिल्ला छ्नोट चल्दै गर्दा कास्की छ्नोटमा खेलिरहेका १७ वर्षिय अभिषेक थापाले उत्कृष्ट लय देखाएका छन् ।

पोखरा रंगशालामा जारी छ्नोटमा उनले एक पछि अर्को सानदार प्रदर्शन गरिरह्दा उनको चर्चा अहिले क्रिकेट जगत भित्र क्रमशः हुँदै गएको छ । जो हुनुमा उनको प्रदर्शननै हो ।

यसबीचमा छ्नोट खेलहरु धेरै भए र हुँदैछ्न पनि उनको जस्तो प्रदर्शन यो मितिसम्म न सिनियरबाट देख्न पाईयो र जुनियरबाटनै तर पर्वतका यिनै अभिषेकले कास्कीमा तहल्ला मच्चाईरहेका छन् । उनको खेल नजिकबाट हेर्न सबैले उनको खेल्ने शैली देखेर प्रभावित भएको प्रतिक्रिया दिन थाकेका छैनन् । हुन् पनि उनको शैली र प्रतिभा आफैमा अदभूत रहेको छ ।

“हुने बिरुवाको चिल्लो पात” भनेझै थापा यी यस्तै श्रेणीमा पर्ने गर्छन् । पर्वत जिल्लाका थापा अहिले छ्नोटका लागि कास्कीबाट खेल्दैछ्न । स्मरण रहोस् पर्वत नेपाल क्रिकेट संघ(क्यान )बाट पूर्ण सदस्य जिल्ला नहुँदा पर्वतले कास्की जिल्लासँग साझेदारी गरेर अघि बढिरहेको छ ।

त्यसकारण कास्की जिल्ला छ्नोटमा अहिले थापा ब्यस्त छन् । थुप्रै राष्ट्रिय प्रतियोगितामा सहभागी जनाईसकेका दिपेश खत्रीको नेतृत्वमा रहेको माछापुच्छ्रे क्रिकेट क्लबमाआबद्ध रहि छ्नोट खेलिरहेका थापाले राम्रो प्रदर्शन जारी राखेका छन् ।

गण्डकी भन्ने बित्तिकै कास्की अग्रस्थानमा आउँछ । जसले थुप्रै खेलाडी पनि उत्पादन गरिसकेको छ । समग्र प्रदेशको अवस्था हेर्दा कास्कीलेनै नेतृत्वदायी भूमिका निर्वाह गर्ने गर्छ ।

त्यसैले गर्दा गण्डकी प्रदेशको कास्कीबाट छ्नोट खेल्नु र यो किसिमको प्रदर्शन गर्नु सामान्य चाहिँ पक्कै होईन । छ्नोट अन्तर्गत उनले पहिलो खेलमा पोखरा क्रिकेट क्लबविरुद्ध अविजित रह्दै ९४ रनको पारी खेलेका थिए । टिमलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले उक्त रन बनाउने क्रममा १ सय २७ बलको सामना गर्दै ७ चौका र २ छ्क्कासमेत प्रहार गरेका थिए ।

फोटो – सुदर्शन रन्जित

पहिलो खेलबाट उत्कृष्ट प्रदर्शन गरेपछि टिमसँगै सबैको मन जित्न सफल भएका थापाले त्यो लय दोस्रो खेलमा पनि दोराए । त्यसको फलस्वरुप अरुणज्योती क्रिकेट क्लबविरुद्ध उनले शतकीय पारी खेल्न सफल भए । टिमले फराकिलो अन्तरले जित आत्मसाथ गर्दा उनि एक्लैले १ सय ४१ बलको सामना गर्दै १२ चौका र १ छ्क्काको सहयोगमा १ सय १० रन बनाए र अहिले उनको माछापुच्छ्रे टिम फाइनल समेत पुगेको छ ।

सिनियर राष्ट्रिय प्रतियोगिता खेल्ने सपना बुनेका थापाको यो त सुरुवात मात्र हो । पुग्ने सिढी मात्र हो जसमा उनले सुरुवाती पाईला सजिल्लै पार गरेका छन् । सिढी चड्दै जार्दा थप कुराहरु क्रमशः आउँदै जाला त्यसका लागि थापा भने पूर्ण तयार छन् ।

कास्कीबाट लगभग स्थान पक्का बनाईसकेका अभिषेकले प्रादेशिक छ्नोटमा पनि उत्कृष्ट लय देखाउने बाचा गरेका छन् । मेहनत गरेको छु तसर्थ राम्रो हुनेमा आशाबादी रहेको उनको भनाई रहेको छ ।

थापा यसरी एक्कासी उदाएका खेलाडी भने होइनन् । उनले उमेर समूहमा दुई राष्ट्रिय प्रतियोगिता खेलिसकेका पनि छन् । २०७५ सालमा उनले बाग्मती प्रदेशलाई प्रतिनिधित्व गरि यू-१६ राष्ट्रिय प्रतियोगिता खेले भने अर्को वर्ष उनले गण्डकी प्रदेशबाट यू-१६ प्रदेश स्तरीय मनमोहन मेमोरियल कप खेले । जसमा उनले टोलीको कप्तानी समेत गरेका थिए ।

रिजन प्रजुको प्रशिक्षणमा रहेको टोलीले प्रतियोगितामा सन्तोषजनक प्रदर्शन नगरेपनि सम्भावनाका ढोका भने प्रसस्तै खुल्ला गरेको थियो । साच्चिकै यू-१६ टिम जस्तो लाग्ने गण्डकीमा थापासहित केही खेलाडीले प्रतियोगितामा राम्रो छाप छोड्न सफल भएका थिए । त्यसमा अरुण कुमाल , शोयल कुँवर लगायतका रहेका थिए ।

यसरी उमेर समूहको राष्ट्रिय प्रतियोगिता खेल्नु अघि उनको आफ्नै संघर्षका कथा रहेको छ । एक समय यस्तो पनि थियो क्रिकेट उनको पहुच भन्दा निकै माथि हुन् गर्थ्यो । तर पहिले र अहिलेको अवस्थामा ब्यापक फरक भने पक्कै रहेको छ । मानिसका अनेकौं संघर्ष हुन् गर्छ । उनको क्रिकेट प्रतिको संघर्ष सकिएको छैन् । यत्ती हो आज भोलि उनले राम्रो मनकारीको साथ पाएका छन् । त्यसैले गर्दा क्रिकेट ढुक्कसँग खेल्न पाएका छन् ।

यो भन्नै पर्छ सायद यी मनकारीको साथ समयमै नपाएको भए के हुन्थ्यो होला ? पक्कै नेपाली क्रिकेटले एउटा उदाउदै गरेको प्रतिभालाई पक्कै गुमाउने सम्भावना ब्यापक रहेको थियो ।भाग्यवस् त्यो माहोलनै सिर्जना भएन । उनको जिन्दगीको भोगाईलाई महशुस गर्न अलि कति पछाडी फर्किनु पर्ने हुन्छ ।

जब पर्वतमा उनि जनतन पढदै थिए । त्यस क्रममा उनको भेट त्यहाँ घुम्दै पुगेका सन्जय काफ्लेसँग हुन पुग्छ । त्यस क्रममा सन्जयले उनको अवस्था बारे बुज्ने अवसर पाउँछन् । क्रिकेटमा एकदमै लगाभ र सम्भावना बोकेका तर परिवारको साथ छैन । सन्जयले अभिषेकको पारिवारिक र आर्थिक अवस्था दयनिय देख्छन् र उनलाई लाग्छ यस्तो राम्रो प्रतिभा हुँदा हुँदै प्रतिभालाई खेर जान दिनु हुँदैन भन्ने मनमा उनिलाई त्यसबेलानै लाग्छ ।

त्यसका लागि के गर्ने त भन्ने सन्दर्भमा उनले पर्वत क्रिकेट संघका अध्यक्ष सुजन शर्मा पौडेलसँग कुरा गर्छन् । त्यसपछि उनको स्कुलिङ र क्रिकेटका लागि काठमाडौंमा एकेडेमीको खोजी हुन्छ । त्यस क्रममा काठमाडौंमा रहेको ग्रेट हिमालय क्रिकेट एकेडमीका प्रबन्ध निर्देशक सुदीप शर्माले अभिषेकलाई पूर्ण साथ दिने बाचा गर्छ्न । त्यसपछि उनलाई एकेडमीले पूर्ण छात्रवृत्तिका साथ क्रिकेट प्रशिक्षण गराउँदै आएको छ । र त्यसैको परिणाम अहिले खेलमा पनि क्रमशः देखिन थालेको छ ।

क्रिकेटका लागि ग्रेट हिमालयको राम्रो साथ पाएका उनले आफ्नो अध्ययनलाई पनि निरन्तरता दिईरहेका छन् । हालै एसईई दिएका थापालाई टिटन स्कुलले छात्रवृत्तिमा अध्ययनको अवसर जुराईदियो । त्यस क्रममा अष्ट्रेलियामा अवस्थित सगरमाथा क्रिकेट क्लबका अध्यक्ष सन्जय कडेलले आर्थिक सहयोग गरिरहेका छन् ।

यता अहिले उनी उच्च शिक्षासँगै क्रिकेटमा अझ केन्द्रित रहेका छन् । उनले आफू प्रतिको साथ सहयोग ,माया र सद्भावलाई राम्रोसँग बुझेका पनि छन् । नेपाली क्रिकेटका लागि केहि गर्नु पर्छ भन्ने उच्च चाहना बोकेका उनिमा पनि सपना छ र त्यस सपनालाई पूरा गर्न उनि अहिले अथक लगाभ र मेहनतका साथ अघि बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्