onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

महिला प्रधानमन्त्री कप छ्नोटका लागि दाङ क्रिकेट टोलीको घोषणा : शर्मिलालाई कप्तानीको जिम्मेवारी

काठमाडौं (अनलाइन खेल खबर) । पुस ११ गते देखि दाङको लमही क्रिकेट मैदानमा हुन् गईरहेको महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि दाङ क्रिकेट संघले आफ्नो टिम सार्वजनिक गरेको छ ।

केही दिन बन्द प्रशिक्षणमा रहेका खेलाडीको प्रदर्शनको आधार बनाएर टोली सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरिएको १४ सदस्यीय टोलीको नेतृत्व शर्मिला रोका मगरले गर्नेछिन् ।

जसमा राष्ट्रिय खेलाडीसमेत रहेकी लक्ष्मी चौधरी उप – कप्तान रहेकी छिन् । यसका साथै टिममा सरस्वती घर्ती मगर,रबिना चौधरी,मंजु चौधरी,मधु डी.सी.,कमला घर्ती मगर,मीना बि.क.,बिबस्ना बी.सी.,आरती क्षेत्री,प्रभा चौधरी,समीक्षा भण्डारी ,ओम कुमारी बि.क. र सुहाना वली रहेकी छिन् ।

यस्तै टोलीको वैकल्पिक खेलाडीको रुपमा नगिता पुन,संध्या पुन, शुशिला भट्टराई र अंशु पोख्रेल रहेका छन् ।

अब यस टोलीले लुम्बिनी प्रादेशिक छ्नोटका लागि प्रतिस्पर्दा गर्नेछ । हालसम्म प्रादेशिक छ्नोट कहाँ हुने भनेर स्पष्ट नभएपनि बाँकेमा हुने प्रबल सम्भावना रहेको छ ।

यता दाङ क्रिकेट संघले पुरुष खेलाडीको नामावली शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्