onlinekhelkhabar.com

Complete website for Nepali Sports News

गौतम बुद्ध कपको खेल तालिका सार्वजनिक

काठमाडौं (अनलाइन खेल खबर ) । मंसिर २७ देखि ३० गतेसम्म हुन गईरहेको गौतम बुद्ध कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

बुधबार सार्वजनिक खेल तालिका अनुसार प्रतियोगितामा कुल ४ खेल हुनेछन् । जसमा बाग्मती,नारायणी र राप्ती टिमको सहभागिता रहनेछ ।

बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय क्रिकेट खेलाडी केही स्थानिय र युवा खेलाडीहरुलाई मौका दिई तयार गरिएको टिम अन्तर्गत बाग्मतीको ज्ञानेन्द्र मल्लले , नारायणीको पारस खड्का र राप्तीको विनोद भण्डारीले कप्तानी गर्नेछन् ।

खेल तालिका अनुसार चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुने खेलमा पहिलो दिन बाग्मती र नारायणी भिड्ने छन् । दोस्रो दिन राप्तीले बाग्मतीको सामना गर्नेछ । भने तेस्रो दिन नारायणीले राप्तीको सामना गर्नेछ । यसरी खेलेपछी अंकतालिकाका शीर्ष दुई टोलीबीच मंसिर ३० मा फाइनल हुनेछ ।

कोरोना भाइरस (कोभिड -१९ ) का कारण लामो समय रोकिएको क्रिकेट माहोललाई पुन : ब्युताउने हेतुका साथ गर्न लागिएको यस प्रतियोगिताको आयोजना बाग्मती क्रिकेट संघले गरेको हो । जसमा सह आयोजक चितवन क्रिकेट संघ रहदा  बाग्मती प्रदेश र भरतपुर महानगरपालिकाले यस प्रतियोगितालाई आर्थिक सहयोग गर्नेछ । भने प्रतियोगिताको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालि प्राप्त गरेको छ ।

बाग्मती टिम – ज्ञानेन्द्र मल्ल (कप्तान ),अनिल शाह , सोमपाल कामी ,राशिद खान,ललित राजबंशी , सागर ढकाल , रोहित पौडेल,पवन सरार्फ ,सुनिल धमला ,विक्रम शोब , प्रदीप एरी,भिम सार्की,आकाश थापा र संघर्ष पौडेल

नारायणी टिम – पारस खड्का (कप्तान ),सुवाश खकुरेल ,करण केसी,किशोर महतो,शुशन भारी,शादब आलम, मोहम्मद आरिफ शेख,सन्दीप जोरा,रित गौतम,सिद्धान्त लोहनी , इशान पाण्डे,दिपेश श्रेष्ठ र विवेक यादब

राप्ती टिम – विनोद भन्डारी (कप्तान ),लोकेश बम , शरद भेषावकर ,कुशल भुर्तेल,अभिनाश बोहरा,कमल सिंह एरी , सुर्य तामाङ,भुवन कार्की,मोहम्मद आशिफ शेख,जितेन्द्र मुखिया ,अमित श्रेष्ठ,सुमित महर्जन,हरि चौहान स्वपनिल अधिकारी