onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेदरल्याण्ड्स बिरुद्ध ऐतिहासिक पहिलो एकदिवशीय सिरिज खेलेर नेपाली क्रीकेट टोलि स्वदेश फिर्ता

साउन २१ , अनलाईन खेलखबर ||नेदरल्याण्डविरुद्ध ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र इंग्ल्यान्ड स्थित लर्डसमा नेपाल नेदरल्यान्ड र एमसिसि क्रीकेट क्लब बिचको त्रिकोणात्मक टी – ट्वान्टी सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।

करिब बिहान साठे ९ बजे तिर नेपाली क्रीकेट टोलि जेट एयरलाइन्स बाट त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल मा अवतरण गरेको थियो ।

युरोप भ्रमणमा मा सम्मलित नेपाली टोलीका युवा खेलाडी सन्दीप लामिछाने बाहेक अन्य स्वदेश फिर्ता भएका छ्न । सन्दिप यहि आउदो अगस्ट ८ तारिख बाट हुन लागेको क्यारेबियन प्रिमियर लिग( सिपिएल ) खेल्न नेदरल्याण्ड बाटै वेष्ट इण्डिज गएका छन् ।

जिम्बाबे मा भएको बिश्वकप छ्नोट प्रतियोगिता बाट उत्कृष्ट हुदै नेपाल ले सन २०२२ सम्म का लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गरेपछि नेपाल ले नेदरल्यान्ड सगँ पहिलो एकदिवसीय खेल खेल्यो । २ खेलको एतिहासिक सिरिज नेपाल ले १/१ को बराबरी मा सकिएको थियो ।

अगस्ट १ तारिख मा एकदिवसीय क्रिकेटको डेब्यु खेलमा नेपाल नेदरल्याण्डसंग ५५ रनले पराजित भएको भए पनि दोस्रो अगस्ट ३ मा भएको खेलमा भने नेपालले रोमाञ्चक बनेको खेल मा नेदरल्याण्डलाई १ रनले पराजित गरेको थियो । जुन जित नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मा पहिलो जित दर्ता भएको छ ।

यस्तै नेपालले नेदरल्याण्डसंगको खेलअघि जुलाई १९ मा क्रिकेटको मक्का मानिने लर्डसमा नेपाल सहित मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) र नेदरल्याण्ड बिचको त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेलेको थियो । बर्षाले प्रभावित बनेको सिरिज नेपाल र नेदरल्याण्ड सयुक्त रुप मा बिजेता बनेका थिए ।
अब नेपाल ले केहि दिन पछि एसिया कप छनोट प्रतियोगिता खेल्न मलेसिया प्रस्थान गर्ने छ । आउदो अगस्ट २७ तारिख देखि सेप्टेम्बर ७ तारिखसम्म मलेसिया मा हुने प्रतियोगिता हुने छ ।

सेप्टेम्बर १३ देखि २८ सम्म युएई मा हुने एसिया कप क्रीकेट प्रतियोगिता मा मलेसिया मा हुने छ्नोट प्रतियोगिता मार्फत बिजेता टोलि ले एसिया कप खेल्न पाउने छ ।

एकदिवसीय एसिया कप मा एसिया का टेस्ट मान्यता प्राप्त देश भारत, पाकिस्तान , बङलादेश , श्रीलंका र अफगानिस्तान खेल्नेछ्न भने एक एसोसियट टिम लाई पनि छ्नोट गराईनेछ । जसका लागि छ्नोट खेल बाट नेपाल सहित युएई, हङकङ, सिंगापुर, मलेसिया र ओमान बिच बाट उत्कृष्ट एक छ्नोट हुनेछ । जसले युएई मा हुने एसिया कप मा खेल्नेछ ।

एसिसी ले केही महिना अघि सार्बजनिक गरेको समूह मा मलेसिया मा हुने छनोट प्रतियोगिता को बिजेता टोलि ले एसिया कप को समूह ” ए ” मा स्थान बनाउने छ जहाँ भारत र पाकिस्तान रहेका छ्न यस्तै समुह ” बि ” मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छ्न ।

प्रतिक्रिया दिनुहोस्