onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ दोस्रो पटक मैत्रीपूर्ण खेल हुँदै

काठमाडौं (अनलाइन खेल खबर )।धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट चितवनस्थित रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ दोस्रोपटक मैत्रीपूर्ण खेल हुने भएको छ ।

माघ २४ गते गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुने उक्त मैत्रीपूर्ण खेलमा राष्ट्रिय खेलाडीसहित चर्चित कलाकारहरुको सहभागिता रहने छ । जसमा रामकृष्ण ढकाल ,प्रमोद खरेल,सन्दीप क्षेत्री लगायतले खेल्नेछन् ।

स्टार क्रिकेट २०२१ नाम दिएको उक्त मैत्रीपूर्ण खेललाई गृष्मा ब्रोडकास्टिङले आयोजना गर्नेछ भने धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्य रहने छ ।

यसअघि पनि यस्तै सहयोगार्थ स्वरुप त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कलाकार र क्रिकेट खेलाडी बीच च्यारिटी खेल भएको थियो । जसमा कलाकार र खेलाडीहरुको छुट्टाछुट्टै टिम बनाएर खेल खेलाईएको थियो ।

कलाकारको तर्फबाट सुनिल थापा,सरोज थापा,कर्मा,मदन कृष्ण श्रेष्ठ,कुमार कट्टेल,निश्चल बस्नेत,निता ढुंगाना,दयाहाङ राई लगायतको उपस्थिति रहदा खेलाडीको तर्फबाट ज्ञानेन्द्र मल्ल ,पारस खड्का,शरद भेषावकर,दीपेन्द्र सिंह एरी,प्रदीप एरी ,भुवन कार्की,करण केसी,बसन्त रेग्मी लगायत खेलाडीहरु खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्