onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पूर्व राष्ट्रिय क्रिकेटर तथा अम्पायर सुनिल ढुंगानाको निधन

काठमाडौं (अनलाइन खेल खबर) । पूर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा अम्पायर अच्युतराज(सुनिल )ढुंगानाको निधन भएको छ ।

मंगलबार बिहान बाथरुममा अचानक लडेपछि उपचारका लागि उनलाई रुपन्देही मणिग्राममा रहेको क्रिमसन अस्पतालमा पुर्याईएको थियो । त्यस क्रममा उनको अस्पताल पुर्याउने क्रममा निधन भएको थियो।

रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ६ निवासी ६३ वर्षीय ढुंगाना लामो समय देखि घरेलु क्रिकेट विकासमा लागि पर्दै आएका थिए ।

विषेषत:नेपालको क्रिकेटको विकास क्रमलाई नियाल्दा उच्चतम सफल जिल्ला रुपन्देहीमा उनको योगदान अतुलनीय रहेको पाईन्छ । रुपन्देही जिल्ला क्रिकेट संघका उपाध्यक्ष समेत रहेका उनि हाल संघका प्रमुख सल्लाहकार रहेका थिए ।

यसका साथै उनले उमेर समूह देखि राष्ट्रिय प्रतियोगितामा समेत अम्पायरिङ गरेका थिए ।

पछिल्लो समय उनले नेतृत्व गरेको तिलोत्तमा क्रिकेट विकास समितिले तिलोत्तमा प्रिमियर लिग (टिपीएल ) आयोजना गर्दै आएको थियो । जसमा राष्ट्रिय स्तरका खेलाडीहरुको समेत बाक्लो सङ्ख्यामा सहभागिता रहदै आएको थियो ।

त्यस क्षेत्रमा त्यस किसिमको प्रतियोगिता आयोजना गर्न आफैमा चुनौतीपूर्ण हुँदा हुँदै पनि उनै ढुंगानासहितको टिमले राम्रोसँग प्रतियोगिता गर्दै आएको थियो ।

लुम्बिनी प्रदेशकै प्रतिष्ठित क्रिकेट प्रतियोगिताको रुपमा स्थापित गराउन सफल टिपीएलका तीन संस्करण भईसकेको छ ।

स्वगिय ढुंगानाको तीन छोरी र एक छोरा रहेका छन् । यता उनको योगदानलाई कदर गर्दै नेपाल क्रिकेट संघ(क्यान) ले पनि निधनप्रती दुख ब्यक्त गरेको छ ।