अन्तिम टी- ट्वान्टीमा अष्ट्रेलियाले भारतलाई हरायो
एजेन्सी । घरेलु टोली अष्ट्रेलिया भारतविरुद्धको टी- ट्वान्टी सिरिजमा क्लिन स्विप हुन् बाट जोगिएको छ । तीन खेलको सिरिज अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा अष्ट्रेलियाले भारतलाई १२ रनले पराजित गरेसँगै अष्ट्रेलिया
क्लिन स्विप हुन् बाट जोगिएको हो ।
सिरिज अन्तर्गत यसअघिका दुई खेलमा भारतले जित आत्मसाथ गरेको थियो । जस अन्तर्गत भारतले अष्ट्रेलियालाई पहिलो खेलमा ११ रन र दोस्रो खेलमा ६ विकेटले पराजित गरेको थियो । यो सँगै सिरिज भारतले २-१ ले आफ्नो नाममा लेखाएको छ ।
यता खेलमा अष्ट्रेलियाले प्रस्तुत गरेको १ सय ८७ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको भारत निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रनमा सिमित हुन् पुग्यो ।
भारतका लागि कप्तान विराट कोहलीले कप्तानी पारी खेले । इनिङ्सकै सर्वाधिक ठूलो पारी खेल्ने क्रममा उनले ६१ बलको सामना गर्दै ४ चौका र ३ छ्क्कासहित ८५ रनको योगदान गरे ।
यस्तै टिमका लागि शिखर धवनले २८ तथा हार्दिक पान्डेयाले २० रन र शार्दुल ठाकुरले अविजित रहदै १७ रन बनाएका थिए ।
बलिङतर्फ अष्ट्रेलियाका मिशेल स्वीपसनले ३ तथा एडम जम्पा,एन्ड्र्यू टाईसीन एबोट र ग्लेन म्याक्सवेलले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि सिड्नी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो ।
अष्ट्रेलियाले उक्त योगफल बनाउने क्रममा ओपनर ब्याट्सम्यान म्याथ्यू वेडले सर्वाधिक ठूलो पारी खेले । ५३ बलको सामना गरेका उनले ७ चौका र २ छ्क्कासहित ८० रन बनाए ।
यस्तै अष्ट्रेलियाका लागि अर्का अनुभबी आक्रमक ब्याट्सम्यान ग्लेन म्याक्सवेलले पनि अर्धशतकीय पारी खेले । मात्र ३६ बलको सामना गरेका उनले ५४ रन बनाए । उनले उक्त रन बनाउने क्रममा समान ३/३ चौका र छ्क्का प्रहार गरे ।
यी दुई ब्याट्सम्यानबाहेक अष्ट्रेलियाका लागि स्टिभ स्मिथले २४ तथा डी आर्सी शर्टले ७ रन र मोइसेस हेनरिक्सले अविजित रहदै ५ रन बनाएका थिए ।
बलिङतर्फ भारतका लागि वासिङटन सुन्दरले २ तथा नटराजन र शार्दुल ठाकुरले समान १/१ विकेट लिएका थिए ।
सिरिज अन्तर्गत यसअघिका दुई खेलमा भारतले जित आत्मसाथ गरेको थियो । जस अन्तर्गत भारतले अष्ट्रेलियालाई पहिलो खेलमा ११ रन र दोस्रो खेलमा ६ विकेटले पराजित गरेको थियो ।
मिशेल स्वीपसनले ३ तथा एडम जम्पा,एन्ड्र्यू टाईसीन एबोट र ग्लेन म्याक्सवेलले समान १/१ विकेट लिएका थिए ।
एकदिवसीय र टी- ट्वान्टी सिरिजपछि अब यी दुई टोलीबीच ४ टेस्ट खेल हुनेछ । जसको सुरुवात डिसेम्बर २१ बाट सुरु हुनेछ ।