onlinekhelkhabar.com

Complete website for Nepali Sports News

चितवनमा गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता हुने

काठमाडौं (अनलाइन खेल खबर ) । बाग्मती क्रिकेट संघको आयोजनाका मंसिर २७ देखि ३० गतेसम्म गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

कोरोना भाइरस(कोभिड-१९) का कारण लामो समय क्रिकेट विहिन भएको अवस्थामा यस प्रतियोगितालाई क्रिकेट ब्युताउने हेतुका साथ गर्न लागिएको हो ।

प्रतियोगिता चितवनस्थित धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरमा निर्माण गरिरहेको
गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा हुनेछ ।

जसमा हाल बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु सँगै घरेलु क्रिकेटमा नाम चलेका खेलाडी सम्मलित तीन टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

हालसम्म प्रतियोगिता कुन ढाँचामा गरिने भनेर आयोजकले स्पष्ट जानकारी भने गराएको छैन । मैदानको अवस्थालाई थप अवलोकन गरेपछि ढाँचालाई निर्धारण गरिने आयोजक बाग्मती क्रिकेट संघले जानकारी गराएको छ ।

प्रतियोगितामा चितवन जिल्ला क्रिकेट संघको सहकार्य रहँदा बाग्मती प्रदेश र भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गर्नेछ । भने प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले गर्नेछ ।