onlinekhelkhabar.com

Complete website for Nepali Sports News

अष्ट्रेलियामाथि भारतको जित

एजेन्सी । भारत र अष्ट्रेलियाबीचको तीन खेलको टी- ट्वान्टी सिरिजको पहिलो खेलमा पाहुना टोली भारत ११ रनले विजयी भएको छ ।

शुक्रबार भएको खेलमा भारतले प्रस्तुत गरेको १ सय ६३ रनको चुनौतीलाई पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ५० रनमा सिमित हुन् पुगेपछि भारतले जित आत्मसाथ गर्यो ।

अष्ट्रेलियाका लागि ओपनर तथा टिम कप्तान आरोन फिन्चले बनाएको ३५ रननै सर्वाधिक ठूलो पारी हुन् पुग्यो । भने अर्का ओपनर डि आर्की शर्टले ३४ र मोइसेस हेनरिक्सले ३० रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा टिम पहिलो खेलमै पराजित हुन् पुग्यो ।

बलिङतर्फ भारतका युजभेन्द्र चहल र नटराजनले समान ३/३ विकेट लिए भने दिपक चाहरले पनि १ विकेट लिएका थिए ।

त्यसअघि क्यानबेरामा भएको खेलमा टस हारेर भारतले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

टिमले प्रतिस्पर्धात्मक योगफल बनाउने क्रममा भारतका ओपनर ब्याट्सम्यान लोकेश राहुलले अर्धशतकीय पारी खेले । ४० बलको सामना गरेका लोकेशले इनिङको सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ५ चौका र १ छ्क्कासहित ५१ रन बनाए ।

यस्तै टिमले उक्त योगफल खडा गर्ने क्रममा अत्यमा रविन्द्र जडेजाले अविजित रहदै आक्रमक ब्याटिङ गर्दै २३ बलमा ५ चौका र १ छ्क्कासहित ४४ रन बनाएका थिए ।

यी दुई खेलाडीबाहेक अन्य खेलाडीको भने त्यति सन्तोषजनक प्रदर्शन हुन् सकेन । त्यस बीचमा सन्जु सामसनले भने २३ रन बनाएका थिए ।

यी बाहेक हार्दिक पान्डेयाले १६ रन बनाउँदा कप्तान विराट कोहलीले ९ रन ,वासिङटन सुन्दरले ७ रन,मनिष पाण्डेले २ रन र ओपनर ब्याट्सम्यान शिखर धवनल १ रन बनाएका थिए ।

बलिङतर्फ अष्ट्रेलियाका मोइसेस हेनरिक्सले ३ तथा मिशेल स्टार्कले २ विकेट लिएका थिए । भने मिशेल स्वीपसन र एडम जम्पाले पनि १/१ विकेट लिएका थिए ।

अब सिरिजको दोस्रो खेल आईतबार हुनेछ । टी- ट्वान्टी सिरिज अघि यी दुई बीच तीन खेलको एकदिवसीय सिरिज भएको थियो ।जसलाई घरेलु टोली अष्ट्रेलियाले २-१ ले आफ्नो पक्षमा पारेको थियो ।