हार्दिक र रविन्द्रको उत्कृष्ट साझेदारीमा भारतको सम्मानजनक योगफल
एजेन्सी । भारत र अष्ट्रेलियाबीचको तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा भारतले घरेलु टोली अष्ट्रेलियालाई ३ सय ३ रनको विजयी चुनौती दिएको छ ।
क्यानबेरामा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली भारतले निर्धारित ५० ओभर पूरै खेल्दै ५ विकेट गुमाएर ३ सय २ रन बनाएको छ ।
भारतले उक्त रन बनाउने क्रममा उसका लागि हार्दिक पान्ड्याले सानदार पारी खेले । इनिङलाई अन्त्यसम्म पुर्याएका उनले ७६ बलको सामना गर्दै ७ चौका र १ छ्क्कासहित ९२ रन बनाए ।
यस्तै उनलाई साथ दिएका रविन्द्र जडेजाले पनि ६६ बनाए । यी दुई बीच १ सय ५० रनको साझेदारी हुन् पुगेको थियो ।
त्यसअघि कप्तान विराट कोहलीले पनि राम्रो ब्याटिङ गरे । ३१.६ ओभरमा टिमको स्कोर १ सय ५२ रन हुँदा पाँचौ विकेटका रुपमा आउट हुन् पुगेका उनले ७८ बलको सामना गर्दै ५ चौकासहित ६३ रन बनाए ।
यि बाहेक ओपनरद्वय शिखर धवन र शुभमन गिलले क्रमशः १६ र ३३ रन बनाएका थिए । यस्तै श्रेयस अय्यरले १९ रन जोड्दा लोकेश राहुलले ५ रन बनाए ।
बलिङतर्फ अष्ट्रेलियाका एस्टन आगरले २ तथा जोश हेजलवुड ,सीन एबट र एडम जम्पाले समान १/१ विकेट लिए ।
सिरिज अन्तर्गत यसअघिका दुई खेलमा अष्ट्रेलियाले जित आत्मसाथ गरेको थियो । जसअन्तर्गत पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रन र दोस्रो खेलमा ५१ रनले पराजित गरेको थियो ।