onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सोमपाल र पारस को अर्धसतकिय पारी को मद्दत मा नेपाल ले नेदरल्यान्ड सामु सम्मानजनक लक्ष्य प्रस्तुत

साउन १८ , अनलाईन खेल खबर || नेपाल को पहिलो एतिहासिक एकदिवसीय श्रीङ्खला अन्तर्गत आज भएको दोस्रो तथा अन्तिम खेल मा नेपाल ले नेदरल्यान्ड समक्ष २ सय १७ रनको बिजयि लक्ष्य प्रस्तुत गरेको छ ।

भिआरए क्रीकेट मैदान , नेदरल्यान्ड मा पाहुना टोलि नेपाल ले पहिले ट्स जितेर ब्याटिङ गरेको थियो । सोमपाल कामी को उत्कृष्ट धुवाधार ब्याटिङ को मद्दत मा नेपाल ले नेदरल्यान्ड विरुद्ध ४८.५ ओवर मा अलआउट हुदै २ सय १६ रनको सम्मानजनक स्कोर खडा गरेको छ ।निकै राम्रो लय मा सुरु देखि नै देखिदै ब्याटिङ गर्न आएका सोमपाल ले किर्तिमानि ६१ रनको पारी खेले यो नै एकदिवसीय मा नेपाल को तर्फ वाट ब्यक्तिगत उच्च स्कोर हो । उनले ४६ वलको सामना गर्दै ५ चौका ३ छ्क्का को मद्धत मा उक्त रन प्रहार गरे ,उनी रिपोन को बल मा आउट हुन पुगे।


यस्तै कप्तान पारस खड्का को पनि कप्तानिय पारी रह्यो उनले पनि अर्धसतकिय ५१ रनको पारी खेले , सिलर को बल मा क्याच आउट हुन पुगेका उनले ६९ बलको सामना गर्दै ६ चौका २ छ्क्का समेत प्रहार गरे ।

यता आज उप – कप्तान ज्ञानेन्द्र मल्ल र लामो समय पछि टिम मा कमब्याक गरेका सुबाश खकुरेल ले ओपनिग ब्याटिङ गरेका थिए ।पहिलो बिकेट को रुपमा मल्ल लाई गुमाउदा नेपाल ले २९ रन ७.३ ओवर मा बनाईसकेको थियो मल्ल ब्यक्तिगत १३ रन मा आउट हुन पुगे , अर्का ओपनर सुबाश ले १९ रन बनाउदाँ दिपेन्द्र सिँह रन आउट हुन पुग्दा १९ रन मा चित्त बुझाउन बाध्य भए साथै नेपाल लाई आरिफ शेख ले १६ रन , अनिल शाह ले ४ रन , रोहित कुमार ले ६ , सन्दिप लामिछाने ले ८ रन र ललित भन्डारी ले अबिजित ४ रन को योगदान गरेका थिए ।

बलिग तर्फ नेदरल्यान्ड का लागि फ्रेडेरिक क्लासेन ले सर्बाधिक ३ बिकेट लिदाँ कप्तान पिटर सिलर , मिचेन रिपोन ले समान २/२ बिकेट हात पार्दा पाउल भान र शेन स्नाटर ले १/१ बिकेट चटकाएका थिए ।

अबको केही बेर पछि घरेलु टिम नेदरल्यान्ड ले २ सय १७ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिने छ ।

पहिलो खेल मा ५५ रन को हार ब्यहोरेको नेपाल ले यस एतिहासिक एकदिवसीय श्रीङ्खला लाई बराबरि मा रोक्न चाहन्छ भन्ने नेदरल्यान्ड आजको खेल पनि आफ्नो पक्ष मा पार्दै सिरिज आफ्नो नाम मा लेखाउँन चाह्न्छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *