onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अब क्रिकेट सुरु हुने भयो ,उत्साहित छौं : रुविना क्षेत्री

दाङ ( अनलाइन खेल खबर ) । आउँदो पुस ११ गते देखि दाङको लमही क्रिकेट मैदानमा हुन् गईरहेको महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितालाई लिएर राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले उत्साहित बनाएको बताएकी छिन् ।

मंगलबार अनलाइन खेल खबरसँग विशेष कुराकानी गर्ने क्रममा उनले यस्तो भनाई राखेकी थिइन् । लामो समयको अन्तरालपछि महिला क्रिकेट फर्किन लागेको छ । त्यसका लागि धेरैनै खुशी लागिरहेको छ। यसबीचमा यस खबरले मैदान बाहिर रहेका सबै खेलाडीलाई उत्साहित बनाएको छ ।

त्यसैले गर्दा म लगायत हाम्रो खेलाडीहरुलाई यस घरेलु प्रतियोगिताले ठूलो उर्जा प्रदान गर्नेमा पूर्ण आशावादी छु ।

प्रतियोगिता आयोजनालाई लिएर उनले कोरोना भाइरस (कोभिड-१९ )लाई लिएर अझ विशेष ध्यान दिनुपर्ने बताउछिन् । अहिलेको अबस्थामा कोरोना आफैमा चुनौतीपूर्णनै छ ।

त्यसका लागि जसरी मापदण्ड अपनाउने भनिएको छ । सोहि कुरा लागु गरिनु पर्ने उनको धारणा रहेको छ । त्यसका लागि केन्द्रसँगै प्रादेशिक संघ देखि स्वयम् आयोजकले विशेष ध्यान दिनु आवस्यक छ ।

‘मुख्यत परिक्षण,यातायात,बसोबास र मैदानमा पूर्णत मापदण्डअनुरुप हुनु पर्ने आवस्यक छ र मलाई लाग्छ उहाँहरु यस विषयमा सचेत पनि हुनु हुन्छ ।´उनले भनिन् ।

यसबीचमा हामीले मैदानको बारेमा बुझ्न रोज्दा उनि सकारात्मक देखिईन् । यसअघि आठौं राष्ट्रिय खेलकुद पनि सोही मैदानमा खेलिसकेको हुँदा आफूहरु मैदानबाट परिचित रहेको बताईन् ।

त्यसबेला खेल्दा मैदान र माहोल पनि राम्रो थियो तसर्थ सोहि किसिमको अहिले पनि हुनेमा उनले विश्वास व्यक्त गर्दै अलिकति फिल्डमा विशेष ध्यान दिनका लागि आयोजकसामू आग्रह समेत गरिन् ।

यस्तै महिला राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा यहि प्रतियोगितालाई आधार बनाएर बोलाईने उनले जानकारी गराईन् । त्यसका लागि क्यानले आफ्नो तयारी पनि गर्दै गरेको उल्लेख गरिन् ।

प्रधानमन्त्री कपलाई लिएर उनले नेतृत्व गर्ने प्रदेश १ को तयारी पनि सुरु भईसकेको छ । महिला क्रिकेटको उर्वरस्थल समेत रहेको प्रदेश १ लाई घरेलु प्रतियोगितामा राम्रो टोलीको रुपमा लिने गरिन्छ ।

यता प्रतियोगिता आयोजनाको जिम्वेवारी प्राप्त गरेको दाङ क्रिकेट संघले आफ्नो आन्तरिक तयारीमा जुटिसकेको बताएको छ ।

प्रतियोगिताअघि छनोट अन्तर्गतको जिल्ला र प्रदेशको छनोट प्रतियोगिता हुने तयारीमा छन् । त्यसका लागि नेपाल क्रिकेट संघ( क्यान ) ले पुसको पहिलो साता भित्र गरिसक्नु पर्ने बताएको छ ।

यसपटकको प्रधानमन्त्री कपमा ६ प्रादेशिक टिम र विभागीय टोली एपीएफको सहभागीता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्