onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सन्दीप अस्पताल भर्ना

काठमाडौं (अनलाइन खेल खबर ) । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।

कोरोन सक्रमण भएसँगै उनमा स्वासप्रस्वासमा समस्या देखिएपछि उनि काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना भएका छन् ।

अस्पतालमा भर्ना भएपनि सन्दीपको अवस्था भने सामान्यनै रहेको छ । सक्रमित देखिएपछि होम आइसोलेसनमा बसेका सन्दीपले आफूलाई थप सहयोग होस् भन्ने अभिप्रायले भर्ना भएका हुन् ।

बन्द प्रशिक्षणमा सामेल हुनुअघि गरिएको पिसिआर परिक्षणमा उनमा भाइरसको सक्रमण देखिएको थियो ।