onlinekhelkhabar.com

Complete website for Nepali Sports News

दाङको लमहीमा महिला प्रधानमन्त्री कप हुने : अध्यक्ष प्रदिप भन्छन् ‘हामीहरु उत्साहित छौं पाएको अवसरलाई न्याय गर्नेछौं ’

दाङ (अनलाइन खेल खवर ) । महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङ जिल्लास्थित लमही क्रिकेट मैदानमा हुने भएको छ ।

लमही क्रिकेट मैदान (फाइल फोटो )

नेपाल क्रिकेट संघ (क्यान ) ले रोकिएर बसेको प्रतियोगिता दाङमा गर्ने भनेर अहिले दाङ क्रिकेट संघलाई पत्राचार समेत गरिसकेको छ ।

कोरोना भाइरस (कोभिड-१९ ) का कारण प्रतियोगिता पूर्व निर्धारित समयमा हुन सकेको थिएन् । तर अब भने प्रतियोगिता हुने भएको छ । क्यानका अनुसार प्रतियोगिता पुस ११ गतेबाट सुरु हुनेछ ।

त्यसअघि प्रतियोगितामा सहभागी हुने ६ प्रादेशिक टोलीको छ्नोट प्रतियोगिता हुनेछन् । सुरुमा जिल्ला छ्नोट हुनेछ र त्यसपछि प्रादेशिक छ्नोट हुनेछ । त्यसका लागि क्यानले पुस पहिलो सातासम्म गरि सक्नु पर्ने बताएको छ ।

अहिले क्यान केन्द्रिय समितीले सबै जिल्ला र प्रदेशलाई प्रतियोगिताको तयारीमा जुट्न भनिसकेको अवस्था छ ।

अघिल्लो वर्ष दक्षिण एसियाली खेलकुद (साग ) खेलेपछि नेपाली महिला खेलाडीले कुनै पनि प्रतियोगिता खेलेका छैनन् । एक त नेपालमा घरेलु महिला प्रतियोगिता औलामा गर्न सक्ने छन् । त्यसमा पनि यति लामो समयको अन्तरालपछि हुन् गईरहेको यस प्रतियोगितालाई लिएर खेलाडीसँगै क्रिकेट पारखीलाई पनि उत्साहित बनाएको छ ।

पुरुषतर्फ राष्ट्रिय टिमलाई बन्द प्रशिक्षणमा बोलाईसकेको क्यानले महिला क्रिकेटलाई पनि ब्यस्त बनाउने योजनासहित प्रतियोगिता गर्न लागिपरेको छ ।

यता प्रतियोगिताको आयोजनाको जिम्मेवारी प्राप्त गरेको दाङ क्रिकेट संघले यसलाई राम्रो अवसरको रुपमा लिएको छ ।

संघका अध्यक्ष प्रदिप मजगैयाले अनलाइन खेल खबरसँग कुरा गर्दै आफूहरु प्रतियोगिता आयोजना गर्नमा उत्साहित भएको बताएका छन् ।

अहिलेको अवस्थामा पहिलेको भन्दा थप चुनौतीपूर्णनै रहेको छ । यस्तोमा यो पनि होईन दाङ क्रिकेट संघले प्रतियोगिता राम्रोसँग ब्यबस्थापन गर्न सक्छ । त्यसका लागि दाङ क्रिकेटले आफ्नो तयारीमा समेत जुटिसकेको छ ।

‘यो एउटा प्रतियोगिता मात्र होईन समग्र यस क्षेत्रको प्रतिष्ठासँग पनि जोडिएको हुँदा जसरी केन्द्रले विश्वास गरेको छ । त्यसमा शत प्रतिशत न्याय गर्नमा हामीहरु सचेत रहेका छौं ।´ उनले भने ।

अब प्रतियोगिताको आयोजनाको विषयमा यसपटक हामीहरुलाई कोरोना भाइरस (कोभिड-१९ ) को प्रभावले गर्दा थप चुनौती थपिदिएको छ । यस्तोमा केन्द्रको सल्लाह अनुसार यसको पनि ब्यबस्थापन गर्न सकिन्छ । यस विषयमा हामीले थप ध्यान पुर्याउनु पर्ने देखिन्छ र हामी सबै मापदण्ड पूरा गरेर मात्रै प्रतियोगिता सुचारु गर्नेछौं । मजगैयाले स्पष्ट जानकारी गराए ।

कोभिडसँगै प्रतियोगिता आयोजना स्थल लमही क्रिकेट मैदानमा पनि ठूलो मेहनत गर्नु पर्ने छ । मैदान आफ्नो स्वामित्वमा नरहेको हुँदा मैदानको अवस्था त्यति सन्तोषजनक भने रहेको छैन । महिलाकै एउटा राष्ट्रिय प्रतियोगिता भईसकेको यस मैदानमा दोस्रोपटक राष्ट्रिय प्रतियोगिता हुन् गईरहेको अवस्थामा त्यसका लागि मैदानको मर्मत सम्भारको काम तत्कालैबाट अगाडि बढाउनेमा संघ केन्द्रित छ ।

‘अब हाम्रो लागि हरेक समय निकै महत्त्वपूर्ण छ । काम गर्नु पर्ने धेरै छ समय कम छ । तर पनि हामीसँग कसरी अगाडि बढने भन्ने विषयमा योजनाहरु तयारी अवस्थामा रहेको हुँदा हामीहरु सोहि अनुरुप अघि बढछौं र प्रतियोगिता सभ्य र भब्य तरिकाले सु- सम्पन्न गर्नछौं’ । उनले भने ।