onlinekhelkhabar.com

Complete website for Nepali Sports News

न्युजिल्यान्डलाई टि- ट्वान्टी सिरिज

एजेन्सी । वेस्ट इन्डिज र न्युजिल्यान्डबीचको तीन खेलको टि- ट्वान्टी सिरिज घरेलु टोली न्युजिल्यान्डले आफ्नो नाममा लेखाउन सफल भएको छ ।

आईतबार बिहान भएको सिरिजको दोस्रो खेलम न्युजिल्यान्डले पाहुना टोली वेस्ट इन्डिजलाई ७२ रनले पराजित गरेसँगै न्युजिल्यान्डले सिरिज आफ्नो नाममा लेखाएको हो । यसअघि पहिलो खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको थियो ।

खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ३९ रनको विशाल विजयी लक्ष्यलाई पछ्याएको वेस्ट इन्डिज निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रनमा सिमित हुन् पुगेपछि न्युजिल्यान्डले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

ब्याटिङतर्फ वेस्ट इन्डिजका लागि त्यति सन्तोषजनक रहेन । जसमा कप्तान किरोन पोलार्डले बनाएको २८ रननै इनिङको सर्वाधिक ठूलो पारी हुन् पुगेको थियो ।

यस्तै टिमका लागि शिमरोन हेटमाइयरले २५ रन बनाउँदा ओपनर ब्याट्सम्यान आन्द्रे फ्लेचर र काइल मेयरले समान २०/२० रन बनाए भने अत्यमा किमो पाउल २६ रनमा अविजित रहे ।

बलिङतर्फ न्युजिल्यान्डका मिशेल सन्तनर र काइल जेमिसनले समान दुई-दुई विकेट लिन सफल भए । यस्तै ईश सोधी,जेम्स नीशम,काइल जेमिसन र टिम साउथीले पनि समान एक -एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली न्युजिल्यान्डले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो ।

टिमले विशाल योगफल बनाउने क्रममा उसका लागि युवा खेलाडी ग्लेन फिलिप्सले शतकीय पारी खेले । २३ वर्षिय फिलिप्सले आफ्नो करियरकै पहिलो शतक प्रहार गर्ने क्रममा ५१ बलमा १० चौका र ८ छ्क्कासहित १ सय ८ रन बनाए।

यस्तै नडेवन कोन्वेले पनि महत्वपूर्ण पारी खेल्ने क्रममा ६५ रनको योगदान गर्दा ओपनर तथा विकेट किपर ब्याट्सम्यान टिम सेफर्टले १८ र अर्का ओपनर मार्टिन गुप्टिलले पनि ३४ रन बनाए।

बलिङतर्फ वेस्ट इन्डिजका कप्तान किरोन पोलार्ड , ओशने थोमस र फ्याबियन एलेनले समान एक -एक विकेट लिएका थिए ।

अब सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।