onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सिड्नीलाई दोस्रोपटक महिला बिग ब्यास लिगको उपाधि

एजेन्सी । अष्ट्रेलियाको महिला बिग ब्यास लिगको उपाधि सिड्नी थंडरले उचालेको छ ।

शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा मेलबर्न स्टार्सलाई ७ विकेटले पराजित गर्दै सिड्नीले उपाधि उचालेको हो । यो सँगै सिड्नी दोस्रो पटक च्याम्पियन बनेको छ । यसअघि सिड्नीले पहिलो संस्करण पनि जितेको थियो ।

पहिलो पटक फाइनल खेल खेलेको मेलबर्नले सिड्नीलाई ८७ रनको विजयी चुनौती प्रस्तुत गरेको थियो । जसमा सिड्नीले उक्त चुनौतीलाई १३.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई च्याम्पियन बनाउने क्रममा उसका लागि हीथर नाइटले सर्वाधिक २६ रनको योगदान गरेकी थिइन् । अविजित रहेकी उनले उक्त रन बनाउने क्रममा १९ बलको सामना गर्दै २ चौका र १ छ्क्का समेत प्रहार गरिन ।

यस्तै टिमका लागि ओपनर ब्याटरद्वय टैमी ब्यूमोंट र राचेल ट्रैनमैनले क्रमशः १६ र २३ रन बनाउँदा कप्तान राचेल हेन्सले अविजित रहदै २१ रन बनाएकी थिइन् ।

बलिङतर्फ मेलबर्नका लागि कैथरीन ब्रंट, अलाना र टेस फ्लिंटॉफले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि नर्थ सिड्नी ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निकै खराब ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ८६ रन बनाएको थियो ।

उसका लागि कैथरीन ब्रंटले सर्वाधिक २२ रन बनाएकी थिइन् भने एनाबेल सदरलैंडले २० र कप्तान मेग लैनिंगले १३ रन जोडेकी थिइन् ।

बलिङतर्फ सिड्नीकी शबनम इस्माइल र सैमी जो जोनसनले समान २/२ विकेट लिईन भने सामंथा बेट्स, हन्ना डार्लिंगटन, लाउरेन स्मिथ र हीथर नाइटले पनि १/१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्