सन्दिपलाई पनि कोरोना संक्रमण
काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली राष्ट्रिय टोलीका युवा सदस्य सन्दीप लामिछाने कोरोना सक्रमित हुन् पुगेका छन् ।
शनिबार उनले आफ्नो सामाजिक संजाल मार्फत आफू सक्रमित भएको जानकारी गराएका छन् । जसमा लक्षणपनि देखिएको उल्लेख गरेका छन् । तर पछिल्लो अवस्थामा आईपुग्दा स्वास्थ्यस्थिती सुधारउन्मुख देखिएको सन्दीपले जानकारी गराएका छन् ।
सन्दीप अघि राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल , उप – कप्तान दीपेन्द्र सिंह एरी , युवा खेलाडी रोहित कुमार पौडेल र भेट्रान खेलाडी वसन्त रेग्मीलाई पनि कोरोना देखिएको थियो ।
जसमध्य काठमाडौंमा रहेका ज्ञानेन्द्र , दीपेन्द्र र रोहितको भने पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ भने बसन्त अहिले भैरहवामा रहेका छन् ।
यता टोलीले भने आफ्नो बन्द प्रशिक्षण सुरु गरिसकेको छ । सन्दीप अहिले होम आइसोलेसनमा रहेका छन् ।