टि- ट्वान्टी सिरिजको पहिलो खेलमा घरेलु टोली न्युजिल्यान्ड विजयी
एजेन्सी । वेस्ट इन्डिजविरुद्धको तीन खेलको टि- ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली न्युजिल्यान्डले पाहुँना टोली वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको छ ।
शुक्रबार वर्षाले प्रभावित गरेको खेलमा वेस्ट इन्डिजले दिएको १ सय ८१ रनको विशाल चुनौतीलाई न्युजिल्यान्डले १५ .२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
न्युजिल्यान्डलाई सिरिजमा पहिको जित दिलाउने क्रममा ब्याटिङतर्फ जेम्स नीशमले उत्कृष्ट ब्याटिङ गरे । टिमलाई जिताउन अत्यसम्म रहेका उनले आक्रमक ब्याटिङ प्रस्तुत गर्दै अविजित रहदै ४८ बनाए । अविजित रहेका उनले २४ बलको सामना गर्दै ५ चौका र ३ छ्क्काको सहयोगमा उक्त रन बनाएका थिए ।
यस्तै टिमलाई जिताउन डेभन कोन्वेले पनि महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले ४१ रन बनाएका थिए । यस्तै विकेट किपर ब्याट्सम्यान टिम सेफर्टले १७ रन बनाउँदा ग्लेन फिलिप्सले २२ र मिशेल सन्तनरले अविजित रहदै ३१ रन थपेका थिए ।
बलिङतर्फ वेस्ट इन्डिजका ओशान थॉमसले २ तथा पोलार्ड र शेल्डन कोट्रेलले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि अकलैंडस्थित इडेन पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले वर्षाले प्रभावित हुन् पुगेपछि छोट्याईएको १६ ओभरमा ७ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।
टिमले विशाल योगफल खडा गर्ने क्रममा उसका लागि कप्तान किरोन पोलार्डले कप्तानी पारी खेलेका थिए । इनिङकै सर्वाधिक धेरै बनाएका उनले आक्रमक ब्याटिङ गर्दै अविजित रहेर ७५ रन बनाएका थिए । उनले उक्त रन बनाउने क्रममा ३७ बलको सामना गर्दै ४ चौका र ८ छ्क्का समेत प्रहार गरेका थिए ।
यस्तै वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान आंद्रे फ्लेचरले ३४ रन बनाए भने फेबियन एलेनले ३० र ब्रान्डन किंग्सले १३ रन बनाएका थिए ।
बलिङतर्फ न्युजिल्यान्डका लकी फर्ग्युसन एक्लैले ५ विकेट चट्काए । ४ ओभर बलिङ गरेका उनले २१ रन मात्र खर्चिएर उक्त विकेट लिए । यस्तै कप्तान टिम साउथीले पनि २ विकेट हात पारे ।
अब सिरिज अन्तर्गत दोस्रो टि -ट्वान्टी खेल आईतबार हुनेछ । त्यसपछि सोमबार अन्तिम तथा तेस्रो टि – ट्वान्टी हुनेछ भने टि- ट्वान्टी पछि यी दुईबीच २ खेलको टेस्ट सिरिज पनि हुनेछ ।