भारतविरुद्ध कप्तान फिन्चको सानदार शतक
एजेन्सी । अष्ट्रेलियाका कप्तान आरोन फिन्चले भारतविरुद्धको पहिलो एकदिवसीय खेलमा शतक प्रहार गरेका छन् ।
अष्ट्रेलिया भ्रमणमा रहेको भारतसँगको पहिलो खेलमानै कप्तान आरोनले कप्तानी पारी खेले । सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया अहिले राम्रो स्थितिमा समेत रहेको छ ।
टिमका लागि महत्वपूर्ण पारी खेल्दै गरेका फिन्चले १ सय १७ बलको सामना गर्दै ७ चौका र २ छ्क्काको सहयोगमा शतक पूरा गरेका हुन् ।
सन् २०१३ देखि एकदिवसीय क्रिकेटमा पाईला चालेका आरोनको यो १७ औं शतक समेत हो । एकदिवसीयमा राम्रो प्रदर्शन गरिरहेका फिन्चले यसबीचमा १ सय २९ एकदिवसीय खेल खेलिसकेका छन् र पाँच हजार रनको आकडा पनि पार गरेका छन् ।
यता भ्रमण अन्तर्गत यी दुईबीच तीन एकदिवसीय , तीन टि- ट्वान्टी र चार खेलको टेस्ट हुनेछ ।