onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेदरल्यान्ड द्रारा नेपाल सामु १९० रनको बिजयी लक्ष्य प्रस्तुत : कप्तान पारस को उत्कृष्ट बलिग

साउन १६ , अनलाईन खेलखबर || नेदरल्यान्ड विरुद्ध को एतिहासिक एकदिवसीय सिरिज को जारि पहिलो खेल मा नेदरल्यान्ड ले नेपाल सामु १ सय ९० रन को बिजयी लक्ष्य प्रस्तुत गरेको छ ।

नेदरल्यान्ड्स को आम्टर्डमस्थित भिआरए क्रीकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलि नेदरल्यान्ड ले ४७.४ ओवर मा अलआउट हुँदै १ सय ८९ रन बनाउन सफल भयो ।

१ सय ८९ रन बनाउने क्रम मा नेदरल्यान्ड का मिचेल रिपोन ले सर्वाधिक अर्थसतकिय ५१ रनको पारी खेले , ७६ बलको सामना गरेका उनले नेदरल्यान्ड को ईनिग बढाउन महत्त्वपूर्ण योगदान गरे । पहिलो बिकेट २.३ ओवर मा सोमपाल कामि को बल मा डेन टेर ब्राक लाई १ रन मा गुमाएको भए पनि यसपछि भने ब्याट्सम्यान ले सुझबुझ तरिकाले ब्याटिङ गरेका थिए ।

यसपछि दोस्रो बिकेट टिम को ५० रन हुदाँ ७.४ ओवर मा वेन कोपर लाई ब्यक्तिगत २० रन मा गुमाएको थियो उनले १७ बलको सामना गर्दै ४ चौका र १ छ्क्का को मद्दत मा उक्त रन बनाएका थिए । यसपछि स्टेफन मिबुर्घ ले २९ रन को पारी खेले भने वेश्लेय बर्नेसी ले १२ रन को पारी खेलेका थिए । यस्तै पाचौं बिकेट को लागि बास डे लिड ले ३० रनको पारी खेलेका थिए । यस्तै कप्तान पिटर सिलर ले ५ रन बनाएका थिए ।

बलिग तर्फ नेपाल का लागि कप्तान पारस खडका ले किफायती बलिग गरे उनले पुरै १० ओवर गर्दै मात्र २६ रन खर्चिएर सर्बाधिक ४ बिकेट हात पारे । साथै सोमपाल कामी ले ३ बिकेट लिदाँ सन्दिप , करन केसि र वसन्त रेग्मी ले समान १/१ विकेट हात पारे ।

अब नेपाल ले १ सय ९० रनको बिजयि लक्ष्य पछयाउदै केही बेर मै जवाफी ब्याटिङ मा मैदान मा उत्रिने छ ।

प्रतिक्रिया दिनुहोस्