onlinekhelkhabar.com

Complete website for Nepali Sports News

क्यानले थप पाँच खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो

काठमाडौं (अनलाइन खेल खवर )। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल,उप – कप्तान दिपेन्द्र सिंह एरी र युवा खेलाडी रोहित कुमार पौडेल कोरोना सक्रमित हुन् पुगेपछि नेपाल क्रिकेट संघ (क्यान )ले बन्द प्रशिक्षणका लागि थप पाँच खेलाडीलाई बोलाएको छ ।

लोकेश बम (फाइल फोटो )

बुधबार महत्वपूर्ण तीन खेलाडीमा कोरोना सक्रमण पुष्टि भएपछि क्यानले लोकेश बम,विक्रम शोव,कुशल भुर्तेल,अनिल कुमार शाह र रित गौतमलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

लामो अन्तरालपछि बन्द प्रशिक्षणमा जुट्न लागेको नेपाली क्रिकेट टोलीको मंगलबार कोरोना भाइरस (कोभिड-१९) को प्रशिक्षण गरिएको थियो ।

जसमा १८ खेलाडीमध्यमा तीन खेलाडीको नतिजा पोजेटिभ आएको छ । मंगलबार भएको परिक्षणमा बसन्त रेग्मी,शरद भेषावकर , सुवास खकुरेल र सन्दीप लामिछाने भने अनुपस्थित रहेका थिए ।

पारिवारिक कारण उनिहरु सो दिन उपस्थिति हुन् सकेका थिएनन् । यता सक्रमीत हुन् पुगेका कप्तान मल्ल केहि दिन अघि चितवन पुगेर फर्किएका थिए ।

उनले केही दिन अघि चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवलोकन गरेर काठमाडौं फर्किएका थिए ।