onlinekhelkhabar.com

Complete website for Nepali Sports News

कप्तान मल्लसहित तीन क्रिकेटरलाई कोरोना सक्रमण

काठमाडौं (अनलाइन खेल खवर ) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेटर कोरोना सक्रमित हुन् पुगेका छन् ।

लामो अन्तरालपछि बन्द प्रशिक्षणमा जुट्न लागेको नेपाली क्रिकेट टोलीको मंगलबार कोरोना भाइरस (कोभिड-१९) को प्रशिक्षण गरिएको थियो ।

जसमा कप्तान मल्लसहित उप- कप्तान दीपेन्द्र सिंह एरी र युवा खेलाडी रोहित कुमार पौडेलकोको नतिजा पोजेटिभ आएको छ । मंगलबार भएको परिक्षणमा वसन्त रेग्मी , शरद भेषावकर , सुवास खकुरेल र सन्दीप लामिछाने भने उपस्थित हुन् सकेका थिएनन् ।

पारिवारिक कारण उनिहरु सो दिन उपस्थिति हुन् सकेका थिएनन् । यता सक्रमीत हुन् पुगेका कप्तान मल्ल केहि दिन अघि चितवन पुगेर फर्किएका थिए ।

उनले केही दिन अघि चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवलोकन गरेर काठमाडौं फर्किएका थिए ।

यसरी कप्तानसहित तीन महत्त्वपूर्ण खेलाडी सक्रमित हुन् पुगेपछि बन्द प्रशिक्षण अब भने अनिश्चित देखिएको छ । त्यसका लागि क्यानले छलफल गरेर जानकारी दिने बताएको छ ।