आइसीसीको नयाँ अध्यक्षमा न्युजिल्यान्डका ग्रेग बार्क चयन
एजेन्सी । क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को नयाँ अध्यक्षको रुपमा न्युजिल्यान्डका ग्रेग बार्कले निर्वाचित भएका छन् ।
अध्यक्ष हुने क्रममा उनले इमरान खवाजालाई पछि पार्दै आईसीसीको नेतृत्व गर्न आईपुगेका छन् । पहिलो चरणको मतदानबाट बहुमत प्राप्त नभएपछि दोस्रो मतदानबाट ग्रेग बार्क अध्यक्ष चुनिएका हुन् ।
अध्यक्ष बन्नका लागि आईसीसीको प्राबधान अनुसार १६ भोट मध्य दुई तिहाई अर्थात ११ भोट प्राप्त गर्नु पर्ने हुन्छ । यस्तोमा पहिलो मतदानमा ग्रेग बार्कले १० र उनका प्रतिद्वन्द्वी इमरान खवाजाले ६ भोट प्राप्त गरेका थिए ।
तर दोस्रो मतदानमा दक्षिण अफ्रिकाले उनलाई साथ दिएपछि उनि अध्यक्ष चुनिएका हुन् ।
पूर्व अध्यक्ष शंशाक मनोहरले आफ्नो कार्यकाल सकिन केही दिन बाँकी रहदा जुलाई महिनामा राजिनामा दिएका थिए । त्यसपछि आईसीसीले इमरान खवाजालाई अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको थियो ।
पेसाले वलिल रहेका बार्कले सन् २०१२ देखि न्युजिल्यान्ड क्रिकेटको निर्देशकको रुपमा काम गरेका थिए । भने सन् २०१५ मा अष्ट्रेलिया र न्युजिल्यान्डले सयुक्त रुपमा आयोजना गरेको आईसीसी एकदिवसीय विश्वकपको निर्देशक समेत रहेका थिए ।