नेदरल्यान्ड विरुद्ध को एतिहासिक एकदिवसीय सिरिज को पहिलो खेल आज हुँदै
साउन १६ , अनलाईन खेलखबर || पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपाल ले मान्यता पाए सगैँ पहिलो एकदिवसीय सिरिज नेदरल्यान्ड विरुद्ध आज खेल्दैछ ।
नेदरल्यान्ड्सविरुद्ध आज र आउदो शुक्रबार २ वटा खेलको सिरिज खेल्दै नेपालले एकदिवसीय खेलमा डेब्यू गर्न लागेको हो ।
दुवै खेलमा नेदरल्यान्ड्स को आम्टर्डमस्थित भिआरए मैदानमा हुनेछ । पछिल्लो यहि आईतवार क्रीकेट को मक्का को उपनाम ले बिश्व मा चिनिएको लर्डस मा नेपाल ले स्वयम नेदरल्यान्ड र एमसिसि क्लब सगँ त्रिकोणात्मक टि – ट्वान्टी सिरिज खेल्यो बर्षा ले प्रभावित खेल मा नेपाल र नेदरल्यान्ड संयुक्त रुपमा सिरिज को बिजेता भएका थिए । जहाँ लामो अन्तराल पछि नेपाल अन्तर्राष्ट्रिय मैदान मा उत्रिएको थियो ।
नेदरल्यान्ड विरुद्ध को एतिहासिक एकदिवसीय सिरिज को खेल कान्तिपुर टेलिभिजनले नेपाली समय अनुसार पौने ३ बजे दिउँसो बाट प्रत्यक्ष प्रसारण गर्ने छ साथै नेदरल्यान्ड्सको लाइभब्रोडकास्ट डट एनएलबाट पनि अनलाईन लाइभ हेर्न सकिनेछ ।
नेपालले केही महिना अघि जिम्बावेमा भएको एकदिवसीय विश्वकपअन्तर्गत प्लेअफको खेलमा पपुवा न्यूगिनीलाई हराएर एकदिवसीय मान्यता पाएको थियो । नेदरल्यान्डसले भने डब्लुसिएल च्याम्पियनसिपको उपाधि जितेर एकदिवसीय मान्यता पाएको थियो ।
एकदिवसिय क्रीकेट को पहिलो पाईला नेदरल्यान्ड सगँ चाल्दै गर्दा एकदिवसीय मा नेपाल भन्दा नेदरल्यान्ड को अनुभव राम्रो छ , खेल लाई नियाल्दा त टिम को स्तर एउटै नै जस्तो देखिए पनि दुबै टिम का लागि चुनौती एक अर्का बिच अबस्य छ । हेड टु हेड मा नेदरल्यान्ड नेपाल सामु हाबी छ , पछिल्लो पटक जिम्बाबे मा भएको एकदिवसीय बिश्वकप छ्नोट मा भेट हुदाँ नेदरल्यान्ड ४५ रनले बिजयी भएको थियो ।