onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कप्तान मल्लद्वारा निर्माणाधिन गौतम बुद्ध रंगशालाको अवलोकन

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले चितवनस्थित रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अवलोकन गरेका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट निर्माण भईरहेको रंगशालालाई उनले सोमबार अवलोकन गरेका हुन् । अवलोकनका क्रममा कप्तान मल्लसँगै नेपाल क्रिकेट संघ(क्यान) का केन्द्रिय सदस्य छुम्बी लामा , बाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यात एवम् पदाधिकारीको उपस्थिति रहेको थियो ।

यसरी राष्ट्रिय टिमको कप्तान मल्लसहितको टोलीले अवलोकन गरे पश्चात् धुर्मुस सुन्तली फाउन्डेसनले आफूहरुलाई हौसला मिलेको जानकारी गराएको छ ।

यता रंगशालाको निर्माण कार्यले अहिले तीब्रता पाउँदै गर्दा क्रिकेट खेलाडीहरु पनि रंगशालाको बस्तुस्थिती बुझ्नका लागि निर्माण स्थल पुग्ने क्रम जारी रहेको छ ।

मल्लअघि पूर्व कप्तान तथा टिमका अनुभवी खेलाडी पारस खड्का , युवा क्रिकेटर सन्दीप लामिछानेसहित अनुभवी खेलाडी शरद भेषावकर लगायतका क्रिकेटरहरुले निर्माणाधिन रंगशालाको अवलोकन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्