onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दीपले मेलबर्न छोडे : यसपटक होबार्ट हरिकेन्सबाट बीबीएल खेल्ने

एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले यस संस्करणको बिग बास लिग (बीबीएल) मा होबार्ट हरिकेन्सबाट खेल्न भएका छन् ।

होबार्टले बिहिबार विदेशी खेलाडीको कोटामा उनलाई अनुबन्धित गरेको छ । यसअघिका दुई संस्करणमा सन्दीप मेलबर्न स्टार्सबाट खेलेका थिए । जसमा उनको प्रदर्शन पनि राम्रो हुन् पुगेको थियो ।जस अन्तर्गत २० खेलबाट २६ विकेट पनि लिन सफल भएका थिए ।

यसपटक आफ्नो तेस्रो सिजनमा होबार्ट पुगेका उनलाई टिमले कतिमा अनुबन्धित गरेको हो त्यो भने खुलाईएको छैन् । यस अघि उनलाई मेलबर्नले राम्रो रकममा अनुबन्धित गरेको थियो । यता सन्दीपको स्थानमा मेलबर्नले अफगानिस्तानका स्पिनर जाहिर खानलाई टोलीमा अनुबन्ध गरेको छ ।

अघिल्लो सिजनमा एलिमिनेटरसम्मको यात्रा तय गरेको होबार्ट हरिकेन्सले विदेशी खेलाडीको हकमा दक्षिण अफ्रिकाका कोलिन इनग्राम, इंग्ल्यान्डका विल ज्याक्स, डेविड मलान र वेस्टइन्डिजका युवा अलराउन्डर किमो पलसँग पनि नयाँ सिजनका लागि सम्झौता गरेको छ ।

यस्तै म्याथ्यु वेडको कप्तानीमा रहेको टोलीमा पिटर ह्यान्ड्सकम्ब र डार्सी सट सहित सिंगापुरका युवा ब्याट्सम्यान टिम डेभिड पनि रहेका छन् । अष्ट्रेलियाको उच्च लिग समेत रहेको यस बीबीएल आउँदो डिसेम्बर १० देखि सुरु भई फ्रेबुअरी ६ -२०२१ सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्