मुम्बई आईपीएलमा पाँचौ पटक च्याम्पियन्स
एजेन्सी – युएईमा सम्पन्न १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) को उपाधि डिफेन्डिङ चाम्पियन्स समेत रहेको मुम्बई इन्डियन्सले उचालेको छ ।
लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक आईपीएल च्याम्पियन्स बन्ने क्रममा मुम्बईले पहिलो पटक फाइनल खेलेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्यो ।
मंगलबार राति भएको प्रतियोगिताको फाइनल खेलमा दिल्लीले प्रस्तुत गरेको १ सय ५७ रनको विजयी चुनौतीलाई मुम्बईले १८.४ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गरेको थियो ।
मुम्बईलाई उपाधि दिलाउने क्रममा उसका लागि कप्तान रोहित शर्माले कप्तानी पारी खेले ।इनिङकै सर्वाधिक ठूलो पारी खेलेका उनले ५१ बलको सामना गर्दै ५ चौका र ४ छक्कासहित ६८ रन बनाए।
यस्तै अर्का ओपनर क्विन्टन डि कोकले २० रन जोड्दा सुर्य कुमार यादवले १९ रन बनाए भने किरोन पोलार्डले ९ रनको योगदान गरे ।भने अत्यमा टिमलाई जित दिलाउने क्रममा इशन किशनले अविजित रहदै ३३ रनको योगदान गरे ।
बलिङतर्फ दिल्लीका लागि आनिच नोर्त्जेले २ तथा कसिगो रबाडा र मार्कस स्टोनिसले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामाभएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।
दिल्ली सम्मानजनक स्कोरमा पुगेपनि सुरुवात भने खल्लो हुन् पुगेको थियो । उसका लागि निकै आशा गरिरहेका खेलाडी मार्कस स्टोनिस ग्लोडेन डक आउट हुन् पुगे । इनिङकै पहिलो बलमा उनि ट्रेंट बोल्टको बलमा सिकार हुन् पुगेका थिए ।
स्टोनिस आउट भएपछि अर्का ओपनर शिखर धवनलाई अजिंक्य रहाणेले साथ दिन आएका थिए । तर उनले निकै निराशाजनक प्रदर्शन गर्ने क्रममा तेस्रो ओभरको चौथों बलमा टिमको स्कोर १६ रन हुँदा उनि मात्र २ रन बनाएर आउट हुन् पुगे । रहाणे बोल्टको बलमा विकेट किपर क्विन्टन डि कोकको हातबाट क्याच आउट भएपछि टिमले दबाब महशुस गरेको प्रस्ट देखिथ्यो ।
सोहि बीचमा शिखर धवन पनि आउट हुन् पुगेपछि दिल्ली झन् दबाबमा आएको थियो । चौथो ओभरको तेस्रो बलमा टिमको स्कोर २२ रन हुँदा धवन व्यक्तिगत १५ रनको अवस्थामा पभेलियन फर्किएका थिए । उनलाई पभेलियनको बाटो जयंत यादवले देखाईदिएका थिए ।
सुरुवाती अवस्थामै सस्तैमा तीन विकेट गुमाईसकेपछी टिमको पारीलाई कप्तान श्रेयस अय्यर र ऋषभ पन्तले सम्हालेका थिए । यी दुई बीच चौथों विकेटका लागि ९६ रनको साझेदारी हुन् पुगेको थियो । जून साझेदारीले दिल्लीलाई ठूलो राहत दिलाएको थियो ।
१४.६ ओभरमा टिमको स्कोर १ सय १८ रन हुँदा चौथों विकेटका रुपमा आउट हुन् पुगेका ऋषभले टिमका लागि ५६ रनको योगदान गरे । अर्धशतकीय पारी खेल्ने क्रममा उनले ३८ बलको सामना गर्दै ४ चौका र २ छक्कासहित उक्त रन बनाएका थिए ।
यस्तै कप्तान श्रेयसले पनि अर्धशतक पूरा गरे अविजित रहेका उनले ५० बलको सामना गर्दै ६ चौका र २ छक्कासहित ६५ रन बनाए भने अक्षर पटेलले ९ रन बनाउँदा सिमरोन हिटमायरले ५ रन थपेका थिए ।
बलिङतर्फ मुम्बईका ट्रेंट बोल्टले ३ तथा नेथन कउलटर-नाइलले २ र जयंत यादवले १ विकेट लिएका थिए ।
यसअघि मुम्बईले सन् २०१३ , २०१५ , २०१७ र २०१९ मा पनि आईपीएलको उपाधि उचालेको थियो । भने यो सँगै पहिलो पटक फाइनल पुगेको दिल्लीको उपाधि उचाल्ने सपना अझै अधुरो हुन् पुग्यो ।