onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मुम्बईलाई उपाधि जित्न दिल्लीको सम्मानजनक लक्ष्य

एजेन्सी – विकेट किपर ब्याट्सम्यानऋषभ पन्त र कप्तान श्रेयस अय्यरले उत्कृष्ट साझेदारी गरेपछि युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) को फाइनल खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई सम्मानजनक विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ५६ रन बनाएको छ ।

दिल्ली सम्मानजनक स्कोरमा पुगेपनि सुरुवात भने खल्लो हुन् पुगेको थियो । उसका लागि निकै आशा गरिरहेका खेलाडी मार्कस स्टोनिस ग्लोडेन डक आउट हुन् पुगेका थिए । इनिङकै पहिलो बलमा उनि ट्रेंट बोल्टको बलमा सिकार हुन् पुगेका थिए ।

स्टोनिस आउट भएपछि अर्का ओपनर शिखर धवनलाई अजिंक्य रहाणेले साथ दिन आएका थिए । तर उनले निकै निराशाजनक प्रदर्शन गरे २.४ ओभरमा उनि टिमको स्कोर १६ रन हुँदा मात्र २ रन बनाएर आउट हुन् पुगे । रहाणे बोल्टको बलमा विकेट किपर क्विन्टन डि कोकको हातबाट क्याच आउट भएपछि टिमले दबाब महशुस गरेको प्रस्ट देखिथ्यो ।

सोहि बीचमा शिखर धवन पनि आउट हुन् पुगेपछि दिल्ली झन् दबाबमा आएको थियो । ३.३ ओभरमा टिमको स्कोर २२ रन हुँदा धवन व्यक्तिगत १५ रनको अवस्थामा पभेलियन फर्किएका थिए । उनलाई पभेलियनको बाटो जयंत यादवले देखाईदिएका थिए ।

सुरुवाती अवस्थामै सस्तैमा तीन विकेट गुमाईसकेपछी टिमको पारीलाई कप्तान श्रेयस अय्यर र ऋषभ पन्तले सम्हालेका थिए । यी दुई बीच चौथों विकेटका लागि ९६ रनको साझेदारी हुन् पुगेको थियो । जून साझेदारीले दिल्लीलाई ठूलो राहत दिलायो ।

१४.६ ओभरमा टिमको स्कोर १ सय १८ रन हुँदा चौथों विकेटका रुपमा आउट हुन् पुगेका ऋषभले ५६ रनको योगदान गरे । अर्धशतकीय पारी खेल्ने क्रममा उनले ३८ बलको सामना गर्दै ४ चौका र २ छक्कासहित उक्त रन बनाएका थिए ।

यस्तै कप्तान श्रेयसले पनि अर्धशतक पूरा गरे अविजित रहेका उनले ५० बलको सामना गर्दै ६ चौका र २ छक्कासहित ६५ रन बनाए भने अक्षर पटेलले ९ रन बनाउँदा सिमरोन हिटमायरले ५ रन थपेका थिए ।

बलिङतर्फ मुम्बईका ट्रेंट बोल्टले ३ तथा नेथन कउलटर-नाइलले २ र जयंत यादवले १ विकेट लिएका थिए ।

अब उपाधिका लागि दिल्लीले प्रस्तुत गरेको १ सय ५७ रनको विजयी चुनौतीलाई पछ्याउदै मुम्बईले अबको केहि समयपछि जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्