दिल्ली पहिलो पटक फाइनलमा

दिल्ली पहिलो पटक फाइनलमा

एजेन्सी – नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेआबद्व दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग ( आईपीएल ) को इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ ।

सन् २००८ देखि सुरु भएको आईपीएलको यस लामो यात्रामा दिल्ली पहिलो पटक फाइनल पुगेको हो । आईतबार भएको प्रतियोगिताको दोस्रो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गरे सँगै दिल्ली पहिलो पटक फाइनल पुगेको हो । अघिल्लो संस्करणमा दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग पराजित हुँदै फाइनल पुग्न असफल भएको दिल्लीले लगातार दोस्रो प्रयासमा यो सफलता हात पारेको छ । भने हैदराबादको तेस्रो पटक फाइनल खेल्ने र उपाधि उचाल्ने सपना अधुरोनै हुन् पुग्यो ।

अब दिल्लीले उपाधिका लागि मंगलबार आईपीएलको सर्वाधिक सफल तथा गत संस्करणको च्याम्पियन्स समेत रहेको मुम्बई इन्डियन्सको सामना गर्नेछ ।

यता खेलमा दिल्लीले प्रस्तुत गरेको १ सय ९० रनको विजयी चुनौतीलाई पछ्याएको हैदराबाद निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय ७२ रनमा सिमित हुन् पुगेपछि नतिजा दिल्लीले आफ्नो पक्षमा पार्न सफल भयो ।

विशाल योगफललाई पछ्याएको हैदराबादका लागि केन विलियमसनले सर्वाधिक ठूलो पारी खेलेका थिए । ४५ बलको सामना गरेका उनले ५ चौका र ४ छक्कासहित ६७ रन बनाए । भने अब्दुल सम्सादले ३३ रन जोड्दा मनिष पाण्डेले २१ रन बनाएका थिए ।

यस्तै ओपनर ब्याट्सम्यान प्रियाम गर्गले १७ रन र जोसन होल्डर र राशिद खानले समान ११/१ १ रन बनाएका थिए ।

बलिङतर्फ दिल्लीका कसिगो रबाड़ाले ४ तथा मार्कस स्टोनिसले ३ र अक्षर पटेलले १ विकेट लिएका थिए ।

त्यसअघि आबुधाबीस्थित शेख जायद क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

दिल्लीले विशाल योगफल खडा गर्ने क्रममा उसले सुरुवातबाटै राम्रो प्रदेशन गरेको थियो । निकै महत्वपूर्ण खेलमा टिमका लागि ओपनरद्वय मार्कस स्टोनिस र शिखर धवनले ठोस सुरुवात दिलाउने क्रममा ८६ रनको ओपनिङ साझेदारी गरेका थिए ।

८.२ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका स्टोनिसले ३८ रन बनाए राशिद खानको बलमा आउट हुनुअघि उनले २७ बलको सामना गर्दै ५ चौका र १ छक्कासहित ३८ रन बनाएका थिए ।

स्टोनिस आउट भएपछि शिखरलाई साथ दिन आएका कप्तान श्रेयस अय्यरले यस बीचमा २१ रनको योगदान गरेका थिए । १३.६ ओभरमा टिमको स्कोर १ सय २६ रन हुँदा होल्डरको बलमा मनिष पाण्डेको बलमा आउट हुन् पुगेका श्रेयसले २० बलमा १ चौकाका साथ उक्त रन बनाएका थिए ।

त्यसपछि १८.३ ओभरमा टिमको स्कोर १ सय ७८ रन हुँदा निकै राम्रो ब्याटिङ गरेका शिखर आउट हुन् पुगे । सन्दीप शर्माको बलमा एलबिडब्लुको सिकार हुन् पुगेका धवनले त्यस क्रममा ५० बलको सामना गर्दै ६ चौका र २ छक्काको सहयोगमा ७८ रन बनाएका थिए ।

यस्तै अन्त्यमा शिमरोन हेटमायर र ऋषभ पन्तले अविजित रहदै क्रमश : ४२ र २ रन बनाएपछि दिल्लीले विशाल योगफल बनाउँन सफल भएको थियो ।