onlinekhelkhabar.com

Complete website for Nepali Sports News

शिखर चम्कँदा दिल्लीद्वारा हैदराबादसामू विशाल लक्ष्य प्रस्तुत

एजेन्सी – युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेआवद्व दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादको सामना गरिरहेको छ ।

आबुधाबीस्थित शेख जायद क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको छ ।

आईपीएलमा पहिलो पटक फाइनल पुग्ने दाउमा रहेको दिल्लीले यो योगफल खडा गर्ने क्रममा उसले सुरुवातबाटै राम्रो प्रदेशन गरेको थियो । निकै महत्वपूर्ण खेलमा टिमका लागि ओपनरद्वय मार्कस स्टोनिस र शिखर धवनले ठोस सुरुवात दिलाउने क्रममा ८६ रनको ओपनिङ साझेदारी गरेका थिए ।

८.२ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका स्टोनिसले ३८ रन बनाए राशिद खानको बलमा आउट हुनुअघि उनले २७ बलको सामना गर्दै ५ चौका र १ छक्कासहित ३८ रन बनाएका थिए ।

स्टोनिस आउट भएपछि शिखरलाई साथ दिन आएका कप्तान श्रेयस अय्यरले यस बीचमा २१ रनको योगदान गरे । १३.६ ओभरमा टिमको स्कोर १ सय २६ रन हुँदा होल्डरको बलमा मनिष पाण्डेको बलमा आउट हुन् पुगेका श्रेयसले २० बलमा १ चौकाका साथ उक्त रन बनाए।

त्यसपछि १८.३ ओभरमा टिमको स्कोर १ सय ७८ रन हुँदा निकै राम्रो ब्याटिङ गरेका शिखर आउट हुन् पुगे ।सन्दीप शर्माको बलमा एलबिडब्लुको सिकार हुन् पुगेका धवनले त्यस क्रममा ५० बलको सामना गर्दै ६ चौका र २ छक्काको सहयोगमा ७८ रन बनाए ।

यस्तै अन्त्यमा शिमरोन हेटमायर र ऋषभ पन्तले अविजित रहदै क्रमश : ४२ र २ रन बनाएपछि दिल्लीले विशाल योगफल बनाउँन सफल भएको छ ।

अब दिल्लीले प्रस्तुत गरेको १ सय ९० रनको विजयी चुनौतीलाई पछ्याउँदै हैदराबादले अबको केहि समयपछि जवाफी ब्याटिङ गर्नेछ ।