onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण मंसिर १० बाट

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाल क्रिकेट संघ (क्यान ) ले पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण आउँदो मंसिर १० बाट सुरु हुने बताएको छ ।

सोमबार केन्द्रिय कार्यसमितिको भर्चुअल (अनलाइन ) मार्फत बसेको बैठकपछि क्यानले यस्तो जानकारी गराएको छ । कोरोना भाइरस (कोभिड-१९ ) का कारण लामो अवधी मैदान बाहिर रहेको टोलीले भाइरसको सुरक्षात्मक मापदण्ड अनुरुप बन्द प्रशिक्षण गर्नेछ । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप )ले समेत अनुमती दिईसकेको छ ।

यसका साथै उक्त बैठकमार्फत टियु क्रिकेट मैदानको पभेलियन हल र मुलपानी माथिल्लो मैदानको स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

यसका साथै दुर्गाराज पाठकको संयोजकत्वमा नेसनल क्रिकेट एकेडेमी संचालन कार्यविधि निर्माण गर्नुका साथै राष्ट्रिय क्रिकेट टिमलाई आवश्यक फिटनेस ट्रेनर खरिद गर्ने क्यानले निर्णय गरेको छ ।

यस्तै उक्त बैठकमार्फत प्रशान्त विक्रम मल्लको संयोजकत्वमा मा ऋषि गौतम, दुर्गाराज पाठक,कैलाश विष्ट र छुम्बी लामा सदस्य रहेको समितिलाई दुई साताभित्र तीन वर्षीय रणनैतिक योजना निर्माणका जिम्मेवारी सुम्पेको छ । भने डिसेम्बरको अन्त्यतिर प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने तयारीमा रहेको क्यानले जानकारी गराएको छ ।