onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्यानद्वारा खेलाडी वर्गीकरण परिमार्जन

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो केन्द्रिय खेलाडी सम्झौतामा परिमार्जन गरेको छ ।

असोजको पहिलो साता चितवनमा बसेको केन्द्रिय कार्यसमितिबाट पारित भई खेलाडीहरुलाई केन्द्रिय सम्झौता मातहत ल्याएको थियो ।

त्यसपछि क्यानको वर्गीकरणलाई लिएर क्रिकेट सरोकारवाला र समर्थकहरुले ब्यापक असन्तुष्टि जनाईएपछि क्यानले जन गुनासोलाई मध्य नजर गर्दै आफूहरुले खेलाडी वर्गीकरणलाई परिमार्जन गर्ने बताएको थियो ।

र त्यसको केही समयपछि क्यानले शनिबार जन गुनासोमा आधार रहेर त्यसलाई पूरा गर्दै महिला र पुरुष खेलाडीको नयाँ केन्द्रिय सम्झौता गरेको छ ।

जसमा पुरुषतर्फ यसअघि छुट्न पुगेका यस ललित नारायण राजवंशीलाई ‘बी’ र सन्दीप जोहरालाई ‘सी’ मा राखिएको छ । भने यसअघि ‘बी´ श्रेणीमा रहेका सोमपाल ‘ए’ श्रेणीमा परेका छन् । यस्तै ‘सी’ मा रहेका अविनास बोहरालाई ‘बी’ मा राखिएको छ ।

यता महिलातर्फ सरस्वती चौधरीलाई ‘बी’ श्रेणीमा समावेश गरिँदा ममता चौधरी र सुमन खतिवडालाई ‘सी’ श्रेणीमा परेका छन् ।

नयाँ वर्गीकरण अनुसार पुरुषतर्फ २० र महिलातर्फ २२ खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा परेका छन् ।

सन् २०२० सम्मको सम्झौता अनुसार पुरुष र महिला खेलाडीलाई तीन श्रेणीमा राखिएको छ । सोही अनुसार खेलाडीहरुले मासिक तलब पाउँने छन् ।

पुरुष खेलाडीको हकमा ए श्रेणीको खेलाडीले मासिक ५० हजार , बी श्रेणीको खेलाडीले ४० र सी श्रेणीको खेलाडीले ३० हजार मासिक तलब पाउँने छन् ।

भने पहिलो पटक समावेश गरिएको महिला खेलाडीको हकमा ए श्रेणीको खेलाडीले १५ हजार , बी श्रेणीको खेलाडीले १२ र सी श्रेणीको खेलाडीले १० हजार मासिक तलब पाउँने छन् ।

केन्द्रिय सम्झौतामा पर्ने खेलाडीको सूची
पुरुषतर्फ -‘ए’ श्रेणी: पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी,दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी र सोमपाल कामी

‘बी’ श्रेणी: सुशन भारी, मोहम्मद आरिफ शेख, ललित राजवंशी पवन सर्राफ र अविनास बोहरा

‘सी’ श्रेणी: सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी=र सन्दीप जोहरा

महिलातर्फ -`ए’ श्रेणी : रुबिना क्षेत्रि, नेरी थापा, इन्दु बर्मा,सिता राना मगर र करुणा भण्डारी

‘बी’ श्रेणी: ज्योति पाण्डे, अप्सरी बेगम,रोमा थापा, बिन्दु रावल, कविता जोशी, ऋतु कजौनिया,काजल श्रेष्ठ, सरिता मगर र सरस्वती चौधरी

‘सी’ श्रेणी: कविता कुँवर,डोली भट्ट,अनुराधा चौधरी, सोनु खड्का,अञ्जली चन्द, सोभा आले, सुमन खतिवडा र ममता चौधरी

प्रतिक्रिया दिनुहोस्