onlinekhelkhabar.com

Complete website for Nepali Sports News

दिल्लीमाथि सानदार जित निकाल्दै मुम्बई फाइनलमा

एजेन्सी – साविकको च्याम्पियन्स समेत रहेको मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) को फाइनलमा प्रवेश गरेको छ ।

बिहिबार राति भएको प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । यता पराजित हुन् पुगेको दिल्लीको फाइनल पुग्ने सपना अझै जिवितै रहेको छ । अब दिल्लीले फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग आईतबार प्रतिस्पर्दा गर्नेछ । एलिमिनेटरमा भने बेंगलोर र हैदराबाद आमने सामने हुँदैछन् । यी दुईबीचको खेल शुक्रबार हुनेछ। र यस खेलको विजेताले दिल्लीसँग प्रतिस्पर्दा गर्नेछ ।

यता मुम्बई फाइनल पुग्ने क्रममा मुम्बईले प्रस्तुत गरेको २ सय १ रनको विशाल विजयी चुनौतीलाई पछ्याएको दिल्लीले मिर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय ४३ रनमा सिमित हुन् पुगेपछि मुम्बईलाई फाइनलमा पुग्न प्रयाप्त बन्यो ।

विशाल योगफललाई पछ्याएको भएपनि दिल्लीको सुरुवात निकै खराब हुन् पुग्यो । सुरुवाती ८ बलमा टिमले विना रन टिमका तीन ब्याट्सम्यानलाई सुन्य रनमा गुमाउन पुग्दा टिम सुरुवाती चरणबाटै दबाबमा आएको थियो । आउट हुनेमा ओपनर पृथ्वी शा , शिखर धवन र अजिंक्य रहाणे रहेका थिए ।

त्यसपछि दिल्लीको पारीलाई कप्तान श्रेयस अय्यर र मार्कस स्टोनिसले अगाडी बढाए । तर त्यसबीचका कप्तान श्रेयस पनि ३.५ ओभरमा टिमको स्कोर २० रन हुँदा चौथों विकेटका रुपमा आउट हुन् पुग्दा टिम थप दबाबमा आएको थियो । उनले १२ रन बनाए ।

अय्यरले ठूलो पारी खेल्न नसकेपनि स्टोनिसले भने राम्रो ब्याटिङ गर्दै जितको अन्तरलाई कम बनाउँन ठूलो भूमिका निर्वाह गरे । छठौ विकेटका रुपमा आउट हुन् पुगेका उनले बुमराहको बलमा आउट हुनुअघि ४६ बलको सामना गर्दै ६ चौका र ३ छक्कासहित ६५ रन बनाएका थिए ।

यी बाहेक टिमका अलराउण्डर अक्षर पटेलले पनि राम्रो ब्याटिङ प्रस्तुत गरे । ३३ बलको सामना गरेका उनले २ चौका र ३ छक्कासहित ४२ रनको योगदान गरे । यस्तै अन्त्यमा कसिगो रबाडा १५ रनमा अविजित रहे ।

बलिङतर्फ मुम्बईका जसप्रित बुमराहले सानदार बलिङ गरे आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेका उनले १ ओभर मेडन राख्दै मात्र १४ रन खर्चिएर ४ विकेट लिएका थिए यस्तै ट्रेंट बोल्टले २ तथा कुर्नाल पाण्डेया र किरोन पोलार्डले पनि १/१ विकेट लिएका थिए

त्यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ५ विकेट गुमाएर २ सय रन बनाएको थियो ।

मुम्बईले विशाल योगफल खडा गर्ने क्रममा उसका लागि इशान किशनले सर्वाधिक ठूलो पारी खेले । मात्र ३० बलको सामना गरेका उनले ४ चौका र ३ छक्कासहित ५५ रनमा अविजित रहेका थिए ।

यस्तै इशानसँगै सुर्य कुमार यादवले पनि अर्धशतकिय पारी खेलेका थिए । ३८ बलको सामना गरेका उनले ६ चौका र २ छक्काको सहयोगमा ५१ रनको योगदान गरेका थिए । १२ औं ओभरको पाँचौ बलमा टिमको स्कोर १ सय रन हुँदा अनिरिक नोर्त्जेको बलमा उनि तेस्रो विकेटका रुपमा आउट हुन् पुगेका थिए ।

यादव अघि १.३ ओभरमा टिमको स्कोर १६ रन हुँदा ओपनर तथा टिमका कप्तान रोहित शर्मा शुन्य रनमा पभेलियन फर्किन बाध्य भएका थिए । उनलाई आश्विनले पभेलियनको बाटो देखाईदिएका थिए ।

त्यसपछि अर्का ओपनर ब्याट्सम्यान क्विंटन डी कॉकले भने राम्रो ब्याटिङ गरे । मात्र २५ बलको सामना गरेका उनले ५ चौका र १ छक्कासहित ४० रन बनाए । यस्तै हार्दिक पाण्डेया ३७ रनमा अविजित रहदा कुर्नाल पाण्डेयाले १३ रन बनाएका थिए ।

बलिङतर्फ दिल्लीका लागि रविचन्द्रन आश्विनले ३ तथा अनिरिक नोर्त्जे र मार्कस स्टोनिसले समान १/१ विकेट लिएका थिए ।