onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मुम्बईले दिल्लीलाई दियो २ सय १ रनको लक्ष्य

एजेन्सी – इशान किशन र सुर्य कुमार यादवले अर्धशतकीय पारी खेलेपछि मुम्बई इन्डियन्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन्स प्रिमियर लिग ( आईपीएल ) को पहिलो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ५ विकेट गुमाएर २ सय रन बनाएको छ ।
मुम्बईले यो योगफल खडा गर्ने क्रममा उसका लागि इशान किशनले सर्वाधिक ठूलो पारी खेले । मात्र ३० बलको सामना गरेका उनले ४ चौका र ३ छक्कासहित ५५ रनमा अविजित रहे ।

यस्तै इशान सँगै सुर्य कुमार यादवले पनि अर्धशतकिय पारी खेलेका थिए । ३८ बलको सामना गरेका उनले ६ चौका र २ छक्काको सहयोगमा ५१ रनको योगदान गरे । ११.५ ओभरमा टिमको स्कोर १ सय रन हुँदा अनिरिक नोर्त्जेको बलमा उनि तेस्रो विकेटका रुपमा आउट हुन् पुगेका थिए ।

उनि अघि १.३ ओभरमा टिमको स्कोर १६ रन हुँदा ओपनर तथा टिमका कप्तान रोहित शर्मा शुन्य रनमा पभेलियन फर्किन बाध्य भएका थिए । उनलाई आश्विनले पभेलियनको बाटो देखाईदिएका थिए ।

त्यसपछि अर्का ओपनर ब्याट्सम्यान क्विंटन डी कॉकले भने राम्रो ब्याटिङ गरे । मात्र २५ बलको सामना गरेका उनले ५ चौका र १ छक्कासहित ४० रन बनाए । यस्तै हार्दिक पाण्डेया ३७ रनमा अविजित रहदा कुर्नाल पाण्डेयाले १३ रन बनाएका थिए ।

बलिङतर्फ दिल्लीका लागि रविचन्द्रन आश्विनले ३ तथा अनिरिक नोर्त्जे र मार्कस स्टोनिसले समान १/१ विकेट लिएका थिए ।

अब मुम्बईले प्रस्तुत गरेको २ सय १ रनको विजयी चुनौतीलाई पछ्याउँदै दिल्लीले अबको केहि बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्