स्मृति मंधानाको कप्तानीमा रहेको ट्रेलब्लेजर्सको सानदार जित
एजेन्सी । मिनि आईपीएल अर्थात् वुमेन्स टि- ट्वान्टी च्यालेन्ज अन्तर्गत दोस्रो खेलमा स्मृति मंधानाको कप्तानीमा रहेको ट्रेलब्लेजर्सले वेलोसिटीमाथि सानदार जित हासिल गरेको छ ।
बिहिबार भएको खेलमा ट्रेलब्लेजर्सले वेलोसिटीमाथि सानदार जित हासिल गर्ने क्रममा ९ विकेटले पराजित गरेको छ ।
खेलमा वेलोसिटीले प्रस्तुत गरेको ४८ रनको झिनो चुनौतीलाई ट्रेलब्लेजर्सले ७.५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको थियो ।
टिमलाई सानदार जित दिलाउने क्रममा उसका लागि ओपनर ब्याटर डान्ड्रा डोट्टिनले २९ तथा रिचा घोषले १३ रन बनाएका थिए । त्यसअघि पहिलो विकेटका रुपमा आउट हुनु पुगेकी कप्तान स्मृति मंधानाले ६ रन बनाएकी थिइन् ।
स्मृति चौथों ओभरको पाँचौ बलमा टिमको स्कोर १२ रन हुँदा कास्पेरेकको बलमा क्याच आउट हुन् पुगेकी थिइन् ।
त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको वेलोसिटीले १५.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर मात्र ४७ रन बनाएको थियो ।
टिमले निकै खराब ब्याटिङ गर्ने क्रममा उसका लागि तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सफल भएका थिए । जसमा ओपनर ब्याटर
सफाली वर्माले १३ रन तथा शिखा पाण्डेले १० रन जोड्दा कास्पेरेक ११ रनमा अविजित रहेकी थिइन् ।
वेलोसिटीको ब्याटिङ ध्वस्त पार्ने क्रममा ट्रेलब्लेजर्सकी सोफी एक्लेस्टोनले एक्लैले ४ विकेट लिएकी थिइन् ।भने राजेश्वरी गायकवाड र झूलन गोस्वामीले पनि समान २/२ विकेट लिएका थिए । यस्तै दिप्ती शर्माले पनि १ विकेट लिन सफल भएकी थिइन् ।
यसअघि पहिलो खेलमा वेलोसिटीले सुपरनोवालाई ५ विकेटले पराजित गरेको छ । अब शनिबार प्रतियोगिताको तेस्रो खेल हुनेछ । जसमा ट्रेलब्लेजर्सले सुपरनोवाको सामना गर्नेछ ।
यसपछि अंकतालिकाका शीर्ष टोलीबीच सोमबार फाइनल खेल हुनेछ ।