onlinekhelkhabar.com

Complete website for Nepali Sports News

मुम्बईलाई १० विकेटले हराउँदै हैदराबाद प्ले अफमा

एजेन्सी । अंकतालिकाको शीर्ष स्थानमा रहेको मुम्बई इन्डियन्सलाई हराउँदै सनराइजर्स हैदराबाद युएईमा जारी १३ औं संस्करणको इन्डियन्स प्रिमियर लिग ( आईपीएल ) को प्ले अफ पुग्ने चौथों टिम बनेको छ ।

सोमबार लिग चरणको अन्तिम खेलमा हैदराबादले मुम्बईलाई १० विकेटले पराजित गरेसँगै हैदराबाद प्ले अफ पुग्ने चौथों टिम बनेको छ। प्ले अफमा स्थान बनाउन हैदराबादलाई यस खेलमा जित हासिल गर्ने पर्ने स्थिति थियो । जसमा हैदराबाद सफल पनि भयो ।

समान १४ अंक भएपनि कोलकता नाइट राइडर्स नेट रन रेटमा पछि पर्दै प्ले अफमा पुग्न असफल भयो । यदी लिगको अन्तिम खेलमा मुम्बईले हैदराबादले पराजित गरेको भए कोलकता प्ले अफ पुग्ने थियो ।जारी प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको मुम्बईले आफ्नो पक्षमा नतिजा दिलाउने कोलकताले भने ठूलो आशा गरेको थियो । तर कोलकताको सोच अनुरुप मुम्बईले आफूलाई प्रस्तुत मात्र गरेन पूर्व योजना अनुरुप सरासर हैदराबादलाई अगाडी बढाउने सोचका साथ् सुरुवाती अवस्था देखिनै मैदानमा उत्रिएको देखिन्थ्यो ।

खेलमा मुम्बईले प्रस्तुत गरेको १ सय ५० रनको विजयी लक्ष्यलाई हैदराबादले १७.१ ओभरमा विना विकेटको क्षतिमा पूरा गरेको थियो ।

हैदराबादलाई महत्वपूर्ण खेलमा जित दिलाउने क्रममा कप्तान डेविट वार्नरले ८५ रनको योगदान गरे । ५८ बलको सामना गरेका उनले १० चौका र १ छक्कासहित उक्त रन बनाएका थिए । भने रिद्धिमान साहाले ४५ बलको सामना गर्दै ७ चौका र १ छक्कासहित ५८रन बनाएका थिए ।

त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

टिमले मध्यम योगफल बनाउने क्रममा उसकालागि किरोन पोलार्डले सर्वाधिक ठूलो पारी खेलेका थिए । २५ बलको सामना गरेका उनले २ चौका र ४ छक्कासहित ४१ रन बनाएका थिए ।

यस्तै टिमका लागि सुर्य कुमार यादबले ३६ तथा ओपनर ब्याट्सम्यान क्विन्टन डि काकले २५ तथा इशान किशनले ३३ रन बनाएका थिए ।
बलिङतर्फ हैदराबादका सन्दीप शर्माले ३ तथा जोसन होल्डर र नदीमले समान २/२ विकेट हात पार्दा राशिद खानले १ विकेट हात पारेका थिए ।

अब हैदराबादले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरको सामना गर्नेछ । जून खेल शुक्रबार हुनेछ। त्यसअघि बिहिबार मुम्बई र दिल्लीबीच पहिलो क्वालिफायर हुनेछ । यस खेललाई जित्ने टोलीले सिधै फाइनल पक्का गर्नेछ। भने पराजित भएको टिमले एलिमिनेटरको विजेतासँग आईतबार दोस्रो क्वालिफायर खेल्नेछ र यस खेलको विजेता टोलीले पहिलो क्वालिफायरको विजेता टोलीसँग मंगलबार फाइनल खेल्नेछ ।