दिल्लीसँग हारेपनि बेंगलोर प्ले अफमा
एजेन्सी । विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा प्ले अफ स्थान पक्का गरेको छ ।
सोमबार राति लिग चरणको आफ्नो अन्तिम खेलमा मुम्बई इन्डियन्ससँग ६ विकेटले पराजित भएपनि नेट रनरेटले साथ दिदा बेंगलोरले प्ले अफ स्थान पक्का गरेको हो ।
प्ले अफ पुग्ने क्रममा बेंगलोरले अंकतालिकामा १४ अंक जोडेको थियो । अब बेंगलोरले प्ले अफ अन्तर्गतको एमिमिनेटरमा हैदराबाद र कोलकता मध्यको एक टिमसँग शुक्रबार खेल्नेछ ।
यी दुईबीचको निर्धारण आज मंगलबारनै हुनेछ । लिग चरणको अन्तिम खेलमा आज हैदराबादले मुम्बईको सामना गर्दैछ । जसमा हैदराबादले जित पक्का गरे प्ले अफ पक्का गर्नेछ ।
अहिले अंकतालिकामा कोलकताको १४ अंक रहेको छ भने हैदराबादको १२ अंक रहेको छ र हैदराबादको नेट रनरेट पनि प्लसमा रहेको छ । यस्तोमा जुन सुकै हार जितले स्पष्ट रुपमा प्ले अफ निर्धारण गर्नेछ ।
यो खेल जित्ने टिम दोस्रो क्वालिफायरका लागि छानिने छ । पराजित हुने टिम सिधै प्रतियोगिताबाट बाहिर हुनेछ । विजेता टोलीले फाइनल प्रवेशका लागि प्रतियोगिताको दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीसँग आईतबार खेल्नेछ ।
पहिलो क्वालिफायरमा अंकतालिकाको पहिलो स्थानमा रहेको मुम्बई इन्डियन्सले दोस्रो स्थानमा रहेको दिल्लीसँग बिहिबार प्रतिस्पर्धा गर्नेछ । जित्ने टिम फाइनल पुग्दा हार्ने टिमलाई अर्को मौका स्वरुप दोस्रो क्वालिफायर खेल्नेछ । र यहाँबाट जित्ने टिम र पहिलो क्वालिफायर जित्ने टिमले नोभेम्बर १० मा फाइनल खेल्नेछन् ।